• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, माघ ०४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

नेपाली कांग्रेसको गगन थापा समूहलाई निर्वाचन आयोगको मान्यता

घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

अमेरिकी आप्रवासी भिसामा अस्थायी रोक : नेपालसहित ७५ देश प्रभावित

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन थापा निर्विरोध सभापति

‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा नियुक्त

दाङमा ९ दिनमै ३८ फरार प्रतिबादी पक्राउ

लोकप्रिय समाचार

  • १. ११ औं खिचरा महोत्सव: २०८२ चितवनमा सुरू

  • २. जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

  • ३. औद्योगिक प्रयोजनका लागि मात्रै केराउ, सुपारी र मरिच आयात खुला

  • ४. रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

  • ५. सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

  • ६. नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन थापा निर्विरोध सभापति

  • ७. कर्णालीका रैथाने अन्नबालीको निर्यात बढ्दै

  • ८. इस्माका महिलाहरुका लागि अचार बनाउने सीपमूलक तालिम प्रदान

  • ९. अमेरिकी आप्रवासी भिसामा अस्थायी रोक : नेपालसहित ७५ देश प्रभावित

  • १०. घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

मलेसियाविरुद्ध नेपालको शानदार जित


  •   सोमबार, बैशाख ०६, २०७८ मा प्रकाशित
  • काठमाडौँ – कुशल भुर्तेलको अर्धशतकसँगै नेपालले मलेसियामाथि शानदार जित हात पारेको छ । त्रिकोणात्मक टी–२० सिरिजमा लगातार दोस्रो जित हात पर्ने क्रममा नेपालले मलेसियालाई ९ विकेटले हराएको हो ।

    Advertisement

    टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार कुशलले अर्धशतकीय इनिङ्स खेल्दा मलेसियालाई सहजै पराजित गरेको हो । मलेसियाले दिएको १ सय १० रनको सामान्य लक्ष्य नेपालले १२ ओभर १ बलमा १ विकेटको क्षतीमा पूरा गरेको हो । नेपालको जितका नायक बनेका कुशलले अविजित रहदै ६१ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । उनले ४१ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै ६१ रनको योगदान दिए ।

    नेदरल्यान्ड्सविरुद्धको खेलमा टी–ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यु गरेका उनको यो लगातार दोस्रो अर्धशतक हो । शनिबार नेदरल्यान्ड्सविरुद्धको खेलमा कुशलले ६२ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । उनले नेदरल्यान्ड्सविरुद्ध ४६ बलमा समान ५ चौका र छक्का प्रहार गर्दै ६२ रन जोडेका थिए ।

    त्यस्तै नेपालको सहज जितका लागि अर्का ओपनर आसिफ शेखले ४२ रन जोडे । उनले २९ बलमा ४ चौका र एक छक्का प्रहार गर्दै ४२ रन जोडे । उनी १२ ओभरको पहिलो बलमा लामो सट खेल्ने क्रममा कभरमा अनवर रहमानको हातबाट क्याच आउट हुन पुगे । उनले कुशलसँग १ सय २ रनको साझेदारी गरे । उपकप्तान दिपेन्द्र सिंह ऐरी ६ रनमा अविजित रहे । मलेसियाका लागि विरन्दीप सिंहले १ विकेट लिए ।

    यस अघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले १६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ९ रन बनाएको थियो । खराब सुरुवात गरेको मलेसियाले दोस्रो ओभरको चौथो बलमा पहिलो विकेट गुमाएको थियो । करण केसीको बलमा विनोद भण्डारीले क्याच गर्दै अनवर अरुदिनलाई ८ रनमा पेभिलियन फर्काएका थिए ।

    त्यसपछि मैदान प्रवेश गरेका कप्तान अहमद फाइज धेरै बेर क्रिजमा टिक्न सकेनन् । उनी चौथो ओभरको दोस्रो बलमा टोलीको ३४ रन हुँदा ३ रनमा मैदानबाट बाहिरिए । उनी आफै गल्तिका कारण रन आउट हुन पुगे ।तेस्रो विकेटको रुपमा मलेसियाले विरन्दीप सिंहलाई गुमायो । ११ बलमा १ चौका प्रहार गरेर ६ रनमा खेलिरहेका उनी सोमपालको बलमा बोल्ड हुन पुगे । सातौ ओभरको अन्तिम बलमा विरन्दीपले स्लीप खेल्ने क्रममा बल सोझै विकेटमा लागेको थियो ।

    चौथो विकेटको रुपमा मलेसियाले ओपनर ब्याट्सम्यान साद अजिजलाई गुमायो । एक तिरबार विकेटको पतन भइरहेका बेला अर्को क्रिजमा डटेर मलेसियाको इनिङ्स सम्हालिरहेका उनी दिपेन्द्र सिंह ऐरीले गरेको आठौं ओभरको पाँचौ बलमा आउट भए । उनी रिभर सुइप खेल्ने चक्करमा आसिफ शेखको हातबाट क्याच आउट हुन पुगेका थिए । अजिजले मलेसियाका लागि २७ रनको योगदान दिए । उनले २४ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए ।

    पाँचौ विकेटको रुपमा विकेटकिपर ब्याट्सम्यान शाफिक शारिफ पेभिलियन फर्किए । उनी लामो सट खेल्ने धुनमा सन्दीप लामिछानेको बलमा बोल्ड आउट भएका थिए । उनले १३ बलमा एक चौका र छक्का प्रहार गर्दै १५ रन जोडे । त्यसपछि अमिनुद्दीन रामलीले १५ रन जोड्न बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन् । उनले १५ बलमा एक छक्कासहित २० रन जोडेका थिए । नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट लिए । उनले ३ ओभरमा १७ रन खर्चेर तीन विकेट लिएका हुन् । त्यस्तै सन्दीप लामिछानेले २ तथा सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, शाहब आलम र कुशल मल्ले १र१ विकेट लिए ।

    नेपालको यो लगातार दोस्रो जित हो । नेपालले २ खेलमा ४ अंक जोडेको छ । नेपाल शीर्ष स्थानमा रहेको छ । नेपालले पहिलो खेलमा नेदरल्यान्ड्सलाई हराएको थियो । मलेसियाको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा मलेसिया नेदरल्यान्ड्ससँग पराजित भएको थियो ।

    सोमबार, बैशाख ०६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा क्रिकेट खेलमार्फत अनलाइन विद्युत महसुल भुक्तानीको सन्देश
    गुल्मीको इस्मा विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता सुरु
    एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?
    देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो
    ठुलाबेसीमा सांस्कृतिक तथा खेलकुद उत्सव सम्पन्न : भलिवलमा रोल्पा विजेता
    डिपिएल दोस्रो संस्करणको उपाधि पाकडी प्यान्थर्सलाई

    लोकप्रिय

    • १.
      ११ औं खिचरा महोत्सव: २०८२ चितवनमा सुरू

    • २.
      जनताको अधिकारका लागि संघर्ष जारी छ :

    • ३.
      औद्योगिक प्रयोजनका लागि मात्रै केराउ, सुपारी र

    • ४.
      रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

    • ५.
      सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना

    • ६.
      नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन

    भर्खरै

    • १.
      सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

    • २.
      नेपाली कांग्रेसको गगन थापा समूहलाई निर्वाचन आयोगको मान्यता

    • ३.
      घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

    • ४.
      जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

    • ५.
      रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

    • ६.
      अमेरिकी आप्रवासी भिसामा अस्थायी रोक : नेपालसहित ७५ देश प्रभावित

    • ७.
      नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन थापा निर्विरोध सभापति

    • ८.
      ‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा नियुक्त

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation