काठमाडौँ । ओखलढुंगामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
Advertisement
मंगलबार दिउँसो मानेभन्ज्याङ गाउँपालिका ४ स्थित केतुकेबाट ढुसेनी गाउँतर्फ जाँर्दै गरेको ना १ ज ८३३२ नम्बरको जिप दुर्घटना भएको हो । दुर्घटनामा निधन हुनेमा ७१ वर्षीया बिनामाया मगर, ५० वर्षीय ५० टुल्कीमाया मगर र ५ वर्षीया बालिका डोलकुमारी मगर रहेका छन् ।
त्यस्तै, जीप चालक सिद्धिचरण नगरपालिका १० का वर्ष २६ का कमलबहादुर थापा मगर गम्भिर घाइते भएका छन् । प्रहरीका अनुसार उनलाई थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टरमा लगिएको छ ।
सामान बोकेको जिप सडकबाट करिब ७ सय मिटर तल खसेर भिरमा अड्किएको थियो ।
भीरबाट जिप झरेकाले उद्धार कार्यमा कठिनाइ भएको प्रहरीको भनाइ छ ।