रामनगर जेसीजले खुल्ला दौड प्रतियोगिता सम्पन्न

रामनगर। रामनगर जेसीज वर्ष २०२१ ले ७ औं वार्षिकोत्सब तथा स्थापना दिवसको अवसरमा आइतबार खुल्ला दौड प्रतियोगिता सम्पन्न गरेको छ । भैरहवा– भुमही सडक खण्डको सदरमुकाम परासी स्थित शान्तिचौरबाट सुरु भएको दौडमा भुमहीचोक सम्मको ६ किलोमीटर दुरी कायम गरिएको थियो ।

प्रतियोगितामा महिला १७ र पुरुष ७० गरि कुल ८७ जनाको सहभागिता रहेको थियो । उक्त दौड प्रतियोगितामा पुरुष तर्फ गिरीलाल कोहारले प्रथम, हरि प्रसाद काफ्ले दोस्रो र सन्देश क्षेत्रीले तेस्रो स्थान हासिल गरेका छन् ।

महिला तर्फ सुमन चौधरीले प्रथम विपना परियारले दोस्रो र ममता परियारले तेस्रो स्थान हासिल गरिन । बिजेताहरुलाई रामग्राम नगरपालिकाका नगरप्रमुख नरेन्द्र कुमार गुप्ताले नगद, शिल र प्रमाणपत्र प्रदान गरेका छन् ।

Sharing Now!

You might also like

Comments are closed.