कपिलबस्तु । अर्घाखाँचीको शितगंगा नगरपालिका सिमलपानीबाट कपिलवस्तुको लागि छुटेको बस सडकबाट खस्दा २२ जना घाइते भएका छन् ।
Advertisement
विहान लु १ ख ७८१४ नम्बरको नम्बरको बस पाब्राविक्रममाथिको भिरालो सडकबाट खस्दा बसमा रहेका २२ जना नै घाइते भएका हुन् । घाइतेमधये ३ जना गम्भिर छन् ।
उनीहरुलाई भैरहवामा थप उपचारको लागि लगिएको छ भने अरु १९ जनाको कपिलवस्तु सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । वस शितगङ्गा नगरपालिका वडा नम्बर १३ को छेडादेखि कपिलवस्तु जादै गरेको बस दुर्घटना भएको हो ।