• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज १४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ४. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • ८. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ९. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

  • १०. सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

योजनामा लापर्वाही : सिंचाई कार्यालय उदासिन, किसानलाई सास्ती


  •   मङ्गलबार, पुष २८, २०७७ मा प्रकाशित
  • प्यार अलि खाँन,प्युठान।

    Advertisement

    प्युठानको बाङगेसाल लिफ्ट सिंचाई योजनामा चरम लापर्वाही हुंदा पनि सिचाई कार्यालय उदासिन बनेको छ।
    डेढ वर्षमै सम्पन्न हुनुपर्ने सिंचाई योजना ५ वर्ष बितिसक्दा पनि अलपत्र छ। जस्का कारण किसानहरुको सिंचाई गर्ने सपना वर्षौंदेखि अधुरै छ। तर,सिंचाई योजनाको प्रभावकारी कार्यान्वयनमा सिंचाई कार्यालय नै उदासिन बन्ने गरेको स्थानीयहरुले गुनासो गरेका हुन।

    योजनाको इस्टीमेटमा राप्ती नदि किनारमा ५ वटा सम्पवयल (पानी कुवा) बनाउने भएता पनि ठेकेदारले ४ वटा सम्पवयल मात्र निर्माण गरेको छ। खेतियोग्य जग्गामा बिच्छाईएका पाईपलाइनको काम समेत गुणस्तर नभएको स्थानीय उपभोक्ताहरुले बताएका छन्। ‘पानी संचालन हुने बित्तिकै पाईप फुस्कन्छ।’ स्थानीय रामकृष्ण रावलले भने, ‘मोटरहरूमा पनि खराबी आइरहन्छ।’
    सिंचाई योजनाको समग्र पक्षबारे उपभोक्ता समितिमाझ सिंचाई कार्यालयले सार्वजनिक सुनुवाई नै नगराई हतारमा ठेकेदारलाई उन्मुक्ति दिएको उपभोक्ता समितिका सचिव शिवबहादुर धामीले जानकारी दिए। ‘यहाँका स्थानीयलाई योजनाबारे मसिनेरी कुनै जानकारी नै छैन्।’ धामीले भने, ‘समितिको काम हेरालुको मात्र भएको छ।’
    राप्ती नदीको पानी लिफ्ट गरि साविक बाङगेसालको वडा नं ४ र ५ का खेतियोग्य भुभागमा सिंचाई गर्ने योजना रहेको उपभोक्ता समितिका अध्यक्ष जिबराईल मियाँले बताए। सिंचाई योजनामा परेका समस्याहरुबारे बारम्बार ध्यानाकर्षण गराउँदा पनि कार्यालयले सुनुवाई नगर्ने गरेको मियाँले दुःखेसो पोखे। ‘योजनामा आर्थिक अनियमितता समेत भएको हुन सक्छ।’ मियाँले भने, ‘सिंचाई कार्यालय र ठेकेदारबिच कार्यसम्पादन सम्झौता भएकाले उपभोक्ता समितिलाई कामको गुणस्तरीयताबारे कुनै जानकारी नै छैन्।’ सिंचाई विभागले अनुगमन गरिदिनुपर्ने यहाँका उपभोक्ताहरुको माग रहेको अध्यक्ष मियाँले बताए।
    साविक मध्यपश्चिमाञ्चल सिंचाई विकास डिभिजन कार्यालय विजुवार प्यूठानको १ करोड ५९ लाख ३० हजार ८ सय ४० रुपैयाँ लागत स्टीमेट रहेको योजनामा स्थानीय उपभोक्ता समितिले ५ लाख रुपैयाँ बराबरको जनश्रमदान समेत गरिसकेको छ।
    सिंचाई डिभिजनमा चार जना कार्यालय प्रमुख फेरिँदा समेत योजना पूर्णरुपमा संचालनमा आउन सकेको छैन्।
    सिंचित क्षेत्रको बिस्तार गरि कृषि उत्पादनमा बृद्धि ल्याउन सिंचाई योजनाको प्रभावकारी कार्यान्वयनमा संवन्धित कार्यालय बढि जिम्मेवार हुनुपर्ने स्थानीय उपभोक्ता एवं जनप्रतिनिधि जितमान मियाँले बताए। गाउँपालिकाले समेत योजनाका विषयमा चासो दिन उनले आग्रह गरे। करोडौंको योजनामा आर्थिक अपारदर्शिता समेत भएको आशंका उनले गरेका छन्।
    योजनाको दिगो भविष्य, प्राविधिक पाटो र सिंचाईको प्रयोगबारे सिंचाई कार्यालयले किसानहरुलाई अभिमुखीकरण नगरेको समेत मियाँले गुनासो गरे।
    मुस्लिम तथा आदीवासी धामी जातीको बाहुल्यता रहेको यस क्षेत्रमा सिंचाईको प्रभाबकारी सुविधा भए गहुँ, तोरी, मकै र वेमौशमी तरकारी खेतीको प्रचुर सम्भावना रहेको छ।

    मङ्गलबार, पुष २८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ४.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation