राष्ट्रिय फुटबल टोलीका पूर्वगोलकिपर शाहीको निधन

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वगोल रक्षक तथा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वमहासचिव लोकबहादुर शाहीको निधन भएको छ ।

शाहीको ६५ वर्षको उमेरमा आइतबार राति निधन भएको हो । लामो समयदेखि विभिन्न रोगबाट पीडित शाहीको दैलेखको चौडत्तास्थित घरमा निधन भएको हो ।

शाही सन् १९७९ देखि १९८९ सम्म राष्ट्रिय टोलीको गोल रक्षक थिए । सन् १९८४ मा नेपालमै आयोजना भएको पहिलो साफमा नेपालले स्वर्ण पदक जित्दा उनी टोलीको महत्वपूर्ण खेलाडी थिए ।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.