न्यायाधीश कार्की संवैधानिक इजलासमा नबस्ने

काठमाडौँ। न्यायधीश हरिकृष्ण कार्कीले संवैधानिक इजलासमा नबस्ने घोषणा गरेका छन् ।

प्रतिनिधिसभा संसद विघटनविरुद्धको रिटमा सुनुवाई भइरहेको संवैधानिक इजलासमा न्यायाधीश कार्की नबस्ने भएका हुन् ।

उक्त रिटमाथि सुनुवाई गर्न प्रधानमन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफ्नो नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीश कार्कीसहित विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी तोकेका थिए । रिटमाथि वुधबार सुरु भएको छ । सुनुवाईका क्रममा वरिष्ठ अधिवक्ता शम्भु थापा र दिनेश त्रिपाठीले न्यायाधीश कार्कीको सहभागितामा प्रश्न उठाएपछि न्यायाधीश कार्की इजलासमा नबस्ने भएका हुन् ।

केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारमा न्यायाधीश कार्की महान्यायाधिवक्ता रहेका थिए । अहिले यो मुद्धा हेर्दा स्वार्थ बाझिने तर्क गरिएको छ ।

Sharing Now!

You might also like

Comments are closed.