शपथ ग्रहणमा झडप, नेकपाका एक कार्यकर्ताको ज्यान गयो

काठमाडौँ  । पर्सामा सत्तारुढ नेकपाको शपथ ग्रहण कार्यक्रममा भएको झडपमा घाइते भएका एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा विन्दबासिनी गाउँपालिका ५ का नेकपा गाउँपालिका कमिटीका सचिव मुकेश चौरासिया रहेका छन् । न्युरो अस्पतालमा उपचारका क्रममा उनको शुक्रबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । बिहीबार दिउँसो नेकपाको गाउँपालिका कमिटीको शपथ ग्रहणमा एक पक्षलाई नबोलाएको भन्दै कार्यकर्ताहरुबीच झडप हुँदा ८ जना घाइते भएका थिए । घाइतेमध्ये गम्भीर रहेका चौरासियाको शुक्रबार निधन भएको हो ।

घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान अघि बढाएको जनाइएको छ । घटनामा दोषी देखिएकालाई कारवाही हुने प्रहरीको भनाइ छ ।

Sharing Now!

You might also like

Comments are closed.