प्युठान अस्पतालको बहिरङ्ग सेवा अनिश्चिकालिन बन्द

प्युठान । प्युठान अस्पतालको बहिरङ्ग सेवाअनिश्चिकालिनका लागि बन्द गरिएको छ ।
चार चिकित्सक र आकस्मिक कक्षमा कार्यरत एक कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि सोमबार देखि बहिरङ्ग विभाग ओपिडी सेवा बन्द गरिएको हो । अर्को सूचना नआउन्जेल सम्मका लागि ओपिडी, फिजियोथेरापी र डेन्टल सेवा बन्द गरिएको अस्पताल व्यवस्थापन अधिकृत राजन घिमिरेले जानकारी दिनुभयो ।

यद्धपी, यो अवधिमा अस्पतालले आकस्मिक र प्रसूति सेवालाई भने निरन्तरता दिइने सार्वजनिक सुचना मार्फत जानकारी दिएको छ ।

Sharing Now!

You might also like

Comments are closed.