उदयपुरको कटारीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

उदयपुर । उदयपुरको कटारीमा गएराति जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते छन् । भैरहवाबाट ओखलढुंगा जाँदै गरेको बा २० त ७१७१ नम्बरको स्कोर्पियो राति २ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । मृत्यु हुनेमा ओखलढुंगा मानेभन्ज्याङ गाउँपालिका–९ का ४५ वर्षीय रामबहादुर सार्की र सोही स्थानका २६ वर्षीय कर्ण सार्की छन्। अन्य ३ जनाको भने सनाखत हुन सकेको छैन ।
घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.