१ सय १४ जिल्ला न्यायाधीशको एकैपटक सरुवा

काठमाडौं । न्याय परिषद्ले १ सय १४ जना जिल्ला न्यायाधीशको एकैपटक सरुवा गरेको छ ।

बुधबार बसेको परिषद् बैठकले दुई वर्ष कार्य अवधि पूरा गरेका न्यायाधीशको सरुवा गरेको हो ।परिषद्को निर्णय अनुसार उपत्यकाका सबै जिल्ला अदालतका २ कार्य अवधि पूरा भएका न्यायाधीशको सरुवा गरिएको छ । त्यस्तै, काजमा खटिएका न्यायाधीशको भने यथास्थानमै पदस्थापन गरेको छ ।

परिषद्ले यसअघि खुला प्रतिस्पर्धाबाट नियुक्त भएका २४ सहित २९ न्यायाधीशलाई पदस्थापनको निर्णयसमेत गरेको छ ।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.