पाल्पामा पहिरोले घर पुरिँदा ६ जना बेपत्ता

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकाको फोक्सिङकोट बेलौजामा अविरल वर्षापछि खसेको पहिरोले बिहीबार बिहान तीन घर पुरिँदा ६ जना बेपत्ता भएका छन् ।

रम्भा गाउँपालिका २ फोक्सिङकोटस्थित बेलङ्जाका हुमबहादुर गाहा र मन बहादुर गाहाको घर पुरिएको वडाध्यक्ष उमानसिह सारूले बताए। उनका अनुसार मनबहादुर गाहाको परिवारका तीन जना भने पहिरो खसेपछि पनि भागेर ज्यान जोगाउन सफल भएका छन् । हुमबहादुर गाहाको परिवारमा सुतिरहेका पाँच जना सम्पर्कविहीन भएका छन् । अविरल वर्षासँगै खसेको पहिरोले घर पुरिएर फोक्सिङ्कोटकै सुरुमडाँडामा एक जना गर्भवती महिला बेपत्ता भएकी छन् । उनका श्रीमान् भने पहिरो खसे पनि ज्यान जोगाउन सफल भएका थिए । वडाध्यक्ष सारुका अनुसार बिहान करिब ४ बजे पहिरोले पुरिएका हुन्। तिन दिनदेखि परेको अविरल वर्षासँगै घरमाथिबाट आएको पहिरोले उनिहरू पुरिएका हुन्। अहिले स्थानीयले उद्दार गरिरहेका छन्।

घटनास्थल सदरमुकामभन्दा टाढा र विकट भएकाले सुरक्षाकर्मी पुग्न कठिन भइरहेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए। अहिले आफूहरू पैदल जाँदै गरेको उनले बताए। त्यहाँ पुग्न करिब २ घण्टा लाग्ने उनले बताए।

Sharing Now!

You might also like

Comments are closed.