अर्घाखाँचीमा रुखबाट लडेर एक महिलाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ ।

रुखबाट लडेर गम्भीर घाइते भएकी शीतगंगा नगरपालिका–९ सिद्धाराकी ७१ वर्षीया हेमकला विकको मृत्यु भएको हो । बाढीपहिरोका कारण उनको समयमै उपचार नपाउँदा मृत्यु भएको बताइएको छ । मंगलबार घर नजिकैको रुखमा डाले घाँस काट्न चढेको बेला विक रुखबाट लडेकी थिइन् ।उनलाई गाडी चल्ने ठाउँसम्म बोकेरै लगिएको थियो ।

उपचारका लागि बुटवल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको प्रहरी निरीक्षक प्रकाश खत्रीले बताए ।

Sharing Now!

You might also like

Comments are closed.