काठमाडौ। मौसम पूर्वानुमान महाशाखाले अबको तीन दिनसम्म नारायणी र यसका सहायक नदीहरुमा पानीको बहाव बढ्ने सम्भावना रहेको जनाएको छ ।
महाशाखाका अनुसार देशका अन्य सबै प्रमुख र मझौला नदीहरुमा भने बहाव केही घटबढ हुने छ भने जलसतह सतर्कताभन्दा तलै हुने छ । भोलि र पर्सी कन्काई, वाग्मती, तिनाउ, पश्चिम राप्ती र बबईका केही सहायक नदीमा आकस्मिक बहाव हुनसक्ने महाशाखाले अनुमान गरेको छ । अहिले पनि नारायणी नदीमा बाढी आइरहेको छ । आज कोशी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य घटबढ हुने तर सतर्कता तह तलै हुने छ । कालीगण्डकी नदीमा भने बहाव सतर्कता तह आसपास हुनेछ । आज कन्काई, कमला, वाग्मती, पश्चिम राप्ती, बबई नदीमा बहाव बढ्दो हुने, र सबैमा सतर्कता तह तलै हुने पूर्वानुमान छ । कन्काई, कमला वाग्मती पश्चिम राप्तीका केही सहायक नदीमा भने आकस्मिक बहाव हुनसक्ने सम्भावना छ । यस्तै आज इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषालगायत प्रदेश २ का जिल्लाहरुमा बाढीको न्यून मात्रै सम्भावना छ ।
यस्तै सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, रामेछाप काभ्रेपलाञ्चोक, नुवाकोट, काठमाण्डौ उपत्यका, गोरखा, धादिङ, लमजुङ, तनहुँ, स्याङ्जा, कास्की, पर्वत, म्याग्दी, चितवन, नवलपरासी, गुल्मी, पाल्पा, प्युठान, रुकुम, दाङ. बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेल्धुरा, र आसपास भई बहने नदीमा पनि आकस्मिक बहावको न्यून मात्रै सम्भावना रहेको महाशाखाले जनाएको छ ।
तीन दिनसम्म नारायणी नदीको बहाव बढ्न सक्ने
तीन दिनसम्म नारायणी नदीको बहाव बढ्न सक्ने
Advertisement
तपाईको प्रतिक्रिया