• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज ०३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • २. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

  • ३. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ४. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ५. रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

  • ६. बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

  • ७. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ८. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • ९. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • १०. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

युवाको सडक आक्रोश भित्र लुकेको मनोबिज्ञान


  •   शनिबार, जेठ ३१, २०७७ मा प्रकाशित
  • एकजना सामाजिक संजालका प्रयोगकर्ता साथै सामाजिक अभियानमा रुचि राख्ने युबाले अहिलेको परिस्थितिप्रति निराश हुँदै  लेखेछन । ‘सरकारलाई दबाब दिनु पर्यो । सरकारले कोरोना नियन्त्रणमा राम्रो काम गर्न सकेन। सडकमा जानुपर्छ को को तयार हुनुहुन्छ ?’

    Advertisement

    लामो समय देखि जारी लकडाउनका कारण निराश, छट्पटीमा परेका र घरभित्रै बस्न बाध्य किशोर किशोरी तथा युबायुबतीलाई घरबाट बाहिर निस्कने,आफ्नो नैरस्यता,असंतुष्टि पोख्ने,युबा स्वभाव अनुसार क्रान्तिकारीपन देखाउने, सामाजिक कार्य गरेको पनि देखिने र रमाइलो पनि हुने जस्ता कुराले उत्प्रेरित गर्यो ।

    कोरोनाको संक्रमणलाई समेत भुलेर घेरै युवा सडकमा आउन राजिभए । सामाजिक संजालको पहुँचमा भएका युबा माझ यो संदेश फैलिन समय लागेन ।

    पहिलो पटक उनीहरुले बालुवाटार अगाडि सरकारका सामु आफ्नो असंतुष्टी पोखे । त्यस कार्यक्रमले सर्वदा चर्चा पायो । निराश जनताले उनीहरुको कार्यको समर्थन गरे । सरकारको बिरोध र टिक्काटिप्पणी बढेर गयो । यसले उनीहरुलाई थप हौसला मिल्यो । यसैको सिको गर्दै देशका अन्य भागमा पनि बिरोध भए। अर्को पटकको बिरोधमा त सामाजिक दुरिको पनि ख्याल नगरि ठूलो भिड सडकमा आयो। कोरोनाको संक्रमण फैलिएला कि भन्ने भय पनि बढयो । संसारभरि नै सरकार र जनता बिच हक र अघिकारका बिषयलाइ लिएर सधैजसो टसल परिरहेको हुन्छ। राज्यले समान्य अबस्थामा त जनतालाइ संतुष्ट बनाउन सकेको हुदैन। बिपत्तिको अबस्थामा त झन कठिनै हुन्छ ।

    अहिले धेरैलाई बेरोजगार हुने, रोगजारी गुम्ने चिन्ताले सताएको छ । मानिसले आफुलाई असुरक्षित महसुस गरिरहेकाछन । मानिसमा चिटचिटाहट,रिस,उत्तेजना,आक्रोश,राज्य र सरकार प्रर्ति असंतुष्टि,बिरोधि भावना बढेर जान्छ । ब्यक्तिले कहिलेकाहीँ उदण्ड व्यवहार देखाउने, हल्ला फैलाउने, अरुको बहकावमा लाग्ने, अरूलाई दोष दिने,एकअर्कालाई आरोप प्रत्यारोप गर्ने जस्ता ब्यबहार पनि देखाउन सक्छ । यस्ता ब्यबहार देखाए आफ्नो डर, त्रास, नैरस्यता छोप्ने प्रयासमा लाग्छ । यस्तो विषम परिस्थितिमा मान्छेको निर्णय लिने क्षमता पनि कमजोर भएको हुन्छ । के गर्ने के नगर्ने सोच्नै सकिरहेको हुदैन ।बिपत र दुखको अबस्थामा नै मान्छेले अरुबेला भन्दा बढि माया र सहानुभूति खोज्ने गर्दछ।जनताले राज्यबाट पनि अझ बढि साथ सहयोगको आशा गर्दछ।

    अफ्ट्यारो अबस्था र अभाबमा जनता चाडो भड्किन्छन । उनीहरुलाई भडकाउन सजिलो हुन्छ । उनीहरुको भावना माथि खेल्नेहरुका लागि त ठूलो अबसरनै हुन्छ।

    संकटको बेलाको मानिसको मनोबैज्ञानलाई बुझेर राज्य पनि संयमित हुनु जरुरी हुन्छ । आफ्नो तर्फबाट सक्दो जनताको मागलाई सम्बोधन गर्ने पहल गर्नुपर्छ । जनतालाई आस्बस्थ गराउन सक्नु पर्छ। भबिस्यप्रति ढुक्क र आशाबादी बनाउने काम,राज्यले गर्नुपर्छ । कुरा सत्य हो कि अहिले बिश्वनै कोरोनाको संक्रमणले ठुलो मारमा परेको छ । कतिपय बिषयमा हाम्रो समस्यहरु अझै ठूलो हुनसक्छ । सरकारले गरेका थुप्रै काममा हाम्रो बिमति होला। हामी असंतुष्ट हुन सक्छौ । सरकारका पनि आफ्नै खालमा कमी कमजोरी र बाध्यताहरु होलान । यी सबैका बावजुत पनि अहिलेको परिस्थितिलाई राजनीतिक करण गरिनु हुदैन। सरकारका कमि कमजोरीहरुलाई केलाएर मात्र बस्नु हुदैन । साथ र सहयोग पनि गर्नुपर्छ । बिपतिसँग सबै मिलेर सामान गर्ने हो भने मात्र सफल भईन्छ ।

    कतिपय अबस्थामा बिरोधले मात्र समस्याको समधान नहुन सक्छ। बिरोधको शैली र समय पनि अनुकुल हुनुपर्छ ।

    अहिलेको अबस्थामा सडकमा राखिएका मागहरुलाई सबैले स्विकारनै गरेकाछन । भोको मान्छेको आगामी मीठो ब्यन्जनको कुरा गर्दा कसको मुख नरसाउला र ? तर कोरोनाको संक्रमण तिब्र रुपमा बढि रहेका बेला गरिएको बिरोध प्रर्दशनको तरिका र समयलाई भने उपयुक्त मान्न सकिदैन ।स्वस्फूर्त निस्केका भनिएका यस्ता आन्दोलनहरु सहि दिशानिर्देश नपाउदा खतरनाक पनि हुनसक्छन । नैतिक जिम्मेवारी कसले लिने भन्ने दुबिधा हुन्छ । नेतुत्व बिनाको जमात हुनाले चाडै भडकिन सक्ने खतरा पनि त्यतिनै हुन्छ । यसमा जो सुकैले सजिलोसँग घुसपैठ गर्न सक्ने ठाउँ पाउछ। युबाहरुको अस्तिको आन्दोलनमा पनि घुसपैठ भएको उनीहरुले बताएकाछन । घुसपैठले नै पछिल्लो पटकको बिरोध अमर्यादित भएको देखिन्छ।

    भिडको मनोबिज्ञान फरक हुन्छ । भिडको आँखा हुदैन । भिडले बिबेक गुमाउन सक्छ । भनिन्छ नि भिडभाडमा जिउ जोगाउनु । अनिकालमा बिऊ जोगाउनु ।

    भिडले ज्यान दिन पनि सक्छ । ज्यान लिन पनि सक्छ । पश्चिम रुकुमको दुखद घटनामा छ जना किशोरहरुको ज्यान गयो । यो सबै भिडकै मनोबैज्ञानको परिणाम हो । अहिलेको विभिन्न ठाउँहरमा स्वस्फर्त रुपमा गरिएको भनिएका बिरोधका कार्यक्रमले पछि गएर कस्तो रुप लिन्छ कसैलाई थाहा छैन । यस्ता अपरिपक्व र योजना बिहिन बिरोध कार्यक्रमले पछि गएर दुखद मोड नलेला भन्न सकिँदैन । यसमा सबै सचेत हुन जरुरी देखिन्छ । रुकुम घटनामा पनि कतिपय केटाहरु साथीको साथी मार्फत बेहुली लिन सघाउने भन्दै एक आपसमा चिनजान समेत नभईकन लहैलहैमा लागेर गएको पाईयो। अहिलेको बिरोध प्रर्दशनलाई हेर्दा पनि किशोर किशोरीमा उत्ताउलो पन उनीहरुले लेखेको नारामा देखिन्छ। धेरै जना लहै लहैमा लागेर आएको हुन सक्छ । उनीहरुले बेकेको प्लोकाडमा पनि लेखिएछ “म त राम्री केटी हेर्न आको ।”

    भिडले के बुझ्छ, के गर्छ थाहा हुदैन । रुकुमको घटनामा पनि त्यति धेरै गाउँले छोटो समयमा कसरी आए ? पुर्ब योजना पो थियो कि भन्ने आशंका पनि गरिदै आएको देखिन्छ ।

    तर भिड जम्मा हुन समय नलाग्न सक्छ। अस्तिको बिरोध प्रर्दशनमा पनि यति धेरै जम्मा होला भन्ने कुरा स्वंय प्रर्दशनको आव्हान गर्नेहरुलाई पनि अनुमान गरेका थिएनन । यसलाई देखेर उनीहरु आफै चकित परिरहेकाछन । तर अप्रत्यक्ष रुपमा केही पाटीले सघाई रहेको स्पष्ट देखिन्छ । जुन कुराको ज्ञान उनीहरुलाई थाहा नहुन पनि सक्छ । बिरोधमा उत्रिएका प्रर्दशनकारीहरुमा राजनीतिको ज्ञान कमै देखिन्छ। नेता र राजनिति दलहरुलाई भिडको स्वभावैले लोभ लाग्छ । प्रर्दशनमा ठूलो मास देखेपछि जनताको आवाज भन्दै केही दलहरुले बिज्ञप्ती निकालेर नै समर्थन गरे । प्रर्दशनको नेतुत्व गरेका कतिपय युबाहरुलाई आफ्नो पाटीमा आउनका लागि निम्ति पनि पठाउन भ्याईसके । जुन कुरा स्वंय युबाहरुले बताई सकेकाछन । पाटीहरु यस अान्दोलनलाई आफ्नो बनाउन खोजि पनि रहेकाछन । तर अहिले समय उचित नदेखेर चुप लाग्न बाध्य भएछन । कोरोना महामारीको बेला खुलेरै पाटीको झण्डा बोकेर सडकमा आउदा नैतिक रुपमा पनि अफ्ट्यारो पर्ने, जनतामा पनि नकारात्मक संदेश जाने भएकाले उनीहरु चुप लाग्न बाध्य भएकाहुन । अन्यथा यसले पाटीगत रुप लिई सकेको हुने थियो । तर पनि यस परिस्थिति बिपरितको बिरोधलाई देखाएर सरकारको आलोचना गर्न छोडेका छैनन।
    अहिलेको अफ्ट्यारो अबस्थामा सबैले आफुलाई समाल्नु, संयमित हुन, मिलेर समस्याको समधान खोज्नु उपयुक्त हुन्छ । अरुलाई भड्काउने, अर्काको भवना माथी खेलबाड गर्ने कार्यले कसैको हित हुदैन ।

    लेखक : गोपाल ढकाल मनोविद् हुन । मार्क नेपाल मनोसेवा केन्द्रमा कार्यरत छन ।

    शनिबार, जेठ ३१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान
    आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • २.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ३.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ४.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ५.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ६.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    भर्खरै

    • १.
      संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

    • २.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

    • ४.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ५.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

    • ६.
      चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी

    • ७.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ८.
      प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation