• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, साउन ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री आन्तरिक राजस्व विभागमा

विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति

झापाको अर्जुनधारामा १८ परिवारलाई लालपुर्जा

४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’

जनकपुरमा मिर्गौला उपचार केन्द्र बनाउन अध्ययन समितिको सिफारिस

सिर्सिया प्रदूषण गर्ने १२ उद्योग कारबाहीमा, प्रति उद्योग १० लाख जरिवाना

भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन दिन सरकारको अन्तिम आह्वान

पूँजीगत खर्च र राजस्व लक्ष्य पूरा गर्न सचिवहरूलाई अर्थमन्त्री वाग्लेको निर्देशन

राप्ती गाउँपालिकाद्वारा ३२७ मजदुरको निःशुल्क दुर्घटना बीमा

लोकप्रिय समाचार

  • १. सिर्सिया प्रदूषण गर्ने १२ उद्योग कारबाहीमा, प्रति उद्योग १० लाख जरिवाना

  • २. मुक्त कमैयाको पुनर्स्थापना अधुरो, फेरि दासतामा फर्किने जोखिम : डिल्लीबहादुर चौधरी

  • ३. विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति

  • ४. नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

  • ५. राप्ती गाउँपालिकाद्वारा ३२७ मजदुरको निःशुल्क दुर्घटना बीमा

  • ६. विपद्का बेला स्थानीय तहका कर्मचारीलाई कार्यालय नछोड्न मन्त्रालयको निर्देशन

  • ७. पूँजीगत खर्च र राजस्व लक्ष्य पूरा गर्न सचिवहरूलाई अर्थमन्त्री वाग्लेको निर्देशन

  • ८. भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन दिन सरकारको अन्तिम आह्वान

  • ९. रुपन्देही बालसुधार गृह तत्काल सार्न संसदीय समितिको निर्देशन

  • १०. राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री आन्तरिक राजस्व विभागमा

दूवै मृर्गौला फेल भएकी १३ दिने सुत्केरीको व्यथा


  •   शुक्रबार, कार्तिक २९, २०७६ मा प्रकाशित
  • पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ जिरो किमीकी एक सुत्केरी महिलाको दुवै मिर्गाला फेल भएका छन् । यही कात्तिक १७ गते गण्डकी अस्पताल पोखरामा शल्यक्रियामार्फत बच्चा जन्माएकी स्थानीय २३ वर्षीया विशाका परियारका दुवै मिगौर्लाले काम नगर्ने भएको हो । शल्यक्रिया गरेर बच्चा निकालेको १८ घण्टासम्म पनि पिसाब नभएपछि मिर्गौलामा खराबी भएको आशङ्कामा परीक्षण गर्दा दुवै मिर्गौलाले काम नगरेको पाइएको विशाकाकी जेठानी सविता परियारले बताइन्।

    Advertisement

    गत कात्तिक ६ गते विशाकाको जिल्ला अस्पताल पर्वतमा गर्भ परीक्षण गर्दा बच्चा जन्माउने मिति कटिसकेकाले धौलागिरि अञ्चल अस्पताल बागलुङमा ‘रिफर’ गरियो । त्यो अवस्थामा चिकित्सकले बच्चा जन्माउनका लागि दिएको मिति कटिसकेको थियो । यही कारण बागलुङ अस्पतालले शल्यक्रियामार्फत बच्चा निकाल्न सुझाव दिँदै पोखरा रिफर ग¥यो । कात्तिक १७ गते गण्डकी अस्पतालमा शल्यक्रिया गरेर विशाकाको पेटबाट छोरी निकालियो । आमाछोरी दुवैको अवस्था सामान्य रहेको सविताले बताइन् । तर शल्यक्रिया गरेको २४ घण्टासम्म पिसाब भएन । उनको शरीर र पेट पूरै फुल्दै गएपछि मिर्गौलामा खराबी भएको हुनसक्ने अनुमान गर्दै भिडियो एक्स–रे गरेर हेर्दा दुवै मिर्गौला फेल भएको देखिएको थियो । अहिले उनको अवस्था जटिल बन्दै गएको छ । उनको अहिले सोही अस्पताल सघन उपचार कक्ष (आइसियु) मा भर्ना गरेर उपचार भइरहेको छ ।

    आमाको दुवै मिर्गौला फेल भएपछि पोषिलो दूध चुस्नुपर्ने नवजात शिशुको बिचल्ली भएको छ । बच्चालाई सङ्क्रमण हुनबाट जोगाउनका लागि आमासँग राख्न नमिलेको विशाकाकी जेठानी सविताले बताइन् । विशाका १३ दिनदेखि अस्पतालको आइसियुमा नै राखिएकी छन् । एक-एक दिनको अन्तरमा उनका मिर्गौलाको डायलाइसिस गर्नुपरेको परिवारले जनाएको छ । उनको उपचारका लागि अहिलेसम्म एक लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको सविताले बताइन् ।चिकित्सकहरूले कम्तीमा पनि तीन हप्तासम्म डायलिसस गरिरहनुपर्ने बताएका छन् । सविताका अनुसार विशाकाको शरीर फुलेकाले नसाहरूमा राम्रोसँग रक्तसञ्चार भइरहेको छैन । उनको शरीरमा रगत परिवर्तन गरेर मिर्गौलाको समस्या ठीक पार्नुपर्ने अवस्था रहेको छ । रक्तनलीको समस्याका कारण हातबाट दिइएको रगत सञ्चार नभएपछि घाँटीको नसामा प्वाल पारेर त्यहीँबाट रगत दिइएको छ ।

    डायलाइसिसबाट पनि मिर्गौलाको समस्या समाधान नभएमा उहाँका दुवै मिर्गौला फेर्नु एउटै मात्र विकल्प रहेको चिकित्सकहरुले बताएका छन् । तर मिर्गौला दिनका लागि मान्छे पाउनै पनि समस्या रहेको सविताले बताइन् । शल्यक्रिया गरेर निकालिएकी पहिलो सन्तान छोरीको विशाकाले मुख देख्नसमेत पाएकी छैनन् । जन्मैबाट आमाको दूधको स्वाद चाख्न नपाएको नवजात शिशुलाई ल्याक्टोजिन खुवाएर प्राण धानिएको सविताले बताइन् । “यतिसम्म पीडा हुने रहेछ कि कुरै नगरौँ, १३ दिनकी छोरीलाई मसँग राखेर ल्याक्टोजिन खुवाएर प्राण धानेकी छु”, सबिताले भनिन् , “जसोतसो आमालाई बचाउन पाए त यो छोरीको प्राण बाँच्ने थियो ।”

    आमाको दूध खान नपाएकै कारण छोरी रातभर रुने गरेकाले आफूले काखमा राखेर सुमसुम्याउँदै भुलाउने गरेको उनले सुनाइन् । विशाकाका श्रीमान् विनय परियार कुस्मा बागलुङ चल्ने बसमा सहयोगीको काम गर्दै आएका छन् । उनको कमाइ त्यति धेरै छैन, अन्य आयआर्जनको बाटोसमेत नहुँदा मृत्यु कुर्नुबाहेक अरू विकल्प नभएको सविताको दुःखेसो छ । विशाकाका ससुरा पदम परियारसमेत अपाङ्ग छन् ।

    विशाकाकी जेठानी सविताले आमा र छोरी दुवैलाई बचाउनका लागि सहयोगको आग्रह गर्दै जिल्लाका विद्यालयदेखि हरेक ठाउँ हिडिरहेकी छिन् । मिडिया क्षेत्रका मान्छेसँग खासै परिचय नभएका कारण आफ्नो परिवारको समस्या बाहिर नआउँदा सहयोग गर्ने मन भएकाहरूले पनि सहयोग गर्न नपाएको हुन सक्ने सविताले बताइन् । देउरानी र छोरी दुवैलाई बचाउनकै लागि आर्थिक सहयोग चाहिने भएपछि सविताले जिल्लाका विभिन्न ठाउँमा सहयोग माग्दै हिँड्न थालेकी छिन् ।

    शुक्रबार, कार्तिक २९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिर्सिया प्रदूषण गर्ने १२ उद्योग कारबाहीमा, प्रति उद्योग १० लाख जरिवाना
    विपद्का बेला स्थानीय तहका कर्मचारीलाई कार्यालय नछोड्न मन्त्रालयको निर्देशन
    रुपन्देही बालसुधार गृह तत्काल सार्न संसदीय समितिको निर्देशन
    नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार
    लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट, दैलेख अदालतमा पुराना मुद्दा शून्य
    राप्तीमा कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन गाउँपालिकालाई हस्तान्तरण

    लोकप्रिय

    • १.
      सिर्सिया प्रदूषण गर्ने १२ उद्योग कारबाहीमा, प्रति

    • २.
      मुक्त कमैयाको पुनर्स्थापना अधुरो, फेरि दासतामा फर्किने

    • ३.
      विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५

    • ४.
      नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

    • ५.
      राप्ती गाउँपालिकाद्वारा ३२७ मजदुरको निःशुल्क दुर्घटना बीमा

    • ६.
      विपद्का बेला स्थानीय तहका कर्मचारीलाई कार्यालय नछोड्न

    भर्खरै

    • १.
      राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री आन्तरिक राजस्व विभागमा

    • २.
      विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति

    • ३.
      झापाको अर्जुनधारामा १८ परिवारलाई लालपुर्जा

    • ४.
      ४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’

    • ५.
      जनकपुरमा मिर्गौला उपचार केन्द्र बनाउन अध्ययन समितिको सिफारिस

    • ६.
      सिर्सिया प्रदूषण गर्ने १२ उद्योग कारबाहीमा, प्रति उद्योग १० लाख जरिवाना

    • ७.
      भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन दिन सरकारको अन्तिम आह्वान

    • ८.
      पूँजीगत खर्च र राजस्व लक्ष्य पूरा गर्न सचिवहरूलाई अर्थमन्त्री वाग्लेको निर्देशन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation