• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असार १५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

धान दिवसमा उत्कृष्ट कृषक सम्मानित, कृषि भूमि संरक्षणमा जोड

सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल

लगातार दोस्रो महिना कार्यसम्पादनमा अब्बल बन्यो प्यूठान प्रहरी

जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै

दाउरा निकाल्ने क्रममा बागमतीमा डुबेर दुई बालकको मृत्यु

भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा अस्ताए

लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु, २५ लाख बिरुवा रोप्ने लक्ष्य

धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ

अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

लोकप्रिय समाचार

  • १. वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

  • २. हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

  • ३. श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

  • ४. गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

  • ५. अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

  • ६. इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा हुदै

  • ७. माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

  • ८. मानव–वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई छात्रवृत्ति

  • ९. दल परिवर्तनपछि गाउँपालिका अध्यक्ष पदमुक्त

  • १०. राप्ती र गढवाले ल्याए ढकियामा बजेट

कुखुरा सँगै रमाउछिन् पुनम, मासिक ५० हजार कमाई


  •   बिहिबार, कार्तिक २१, २०७६ मा प्रकाशित
  • टेकबहादुर पुन,दाङ । जब बिहान हुन्छ उनी घरको सबै धन्दा छोडेर कुखुरा हेर्न पुग्छिन् । कुखुराको दानापानी पछि बल्ल उनी घरधन्दा भान्सामा लाग्छिन् । देशमा बेरोजगारले सिमा नाघ्यो भनिरहेका बेला उनी भने अाफैमा निकै ब्यस्त छिन् । अाफ्नो रोजगार अाफैले श्रृजना गरेकि छिन् उनी । कुखुरा सँगै रमाउने दाङ्गको लमही नगरपालिका वडा नम्बर ७ बनघुस्री खुट्टी निवासी पुनम घर्ती बेरोजगारको गफ छाट्ने हरुको लागि गत्तिलो उदाहरण बनेकी छिन् ।पछिल्लो समय उन्नत जातका कुखुरा पाल्नेको सँख्या बढ्दो छ । तर पुनमले भने स्थानीय जातको लोकल कुखुराको व्यावसायिक रूपमा पालन गरिरहेकि छिन् । कुखुरा प्रती उनी यति चिन्तित हुन्छिन कि अाफ्नै नानीहरुको स्याहार सुसार गर्न भुल्छिन् । ४ छोरीकि अामा पुनमले कुखुरालाई अाफ्नै बच्चा सम्झेर स्याहार सुसार गर्छिन् । “कुखुरा बेच्दापनि मन खिन्न हुन्छ, पुनमले सुनाईन सानैदेखी अाफैले हुर्काएर होकि!” घरकै अन्य मान्छे देख्दापनि टाढा टाढा भाग्ने कुखुरा हरु पुनम लाई देखेमा पछि लाग्छन् । कुखुरा सँगको माया जति प्रगाढ रहेपनी ब्याबसायिक पालनको अर्थ अात्मनिर्भर बन्नु नै हो । उनले ‘साकिने’ जातको लोकल कुखुरा पालनबाट राम्रो आम्दानी गर्नेमा धुक्क छिन् । पुनमले गत भदौदेखि व्यावसायिक कुखुरापालन सुरु गरेकी हुन । उनको ‘फार्म’मा अहिले साढे तीन सयभन्दा बढी स्थानीय जातका कुखुरा छन् । डेढ महिनाकै अवधिमा ३० हजार रुपैयाँ भन्दा बढीको कुखुरा बिक्री गरेको पुनमले बताईन् ।

    Advertisement

    जाडोमा कुखुराको माग बढ्दो ।

    जाडो महिना शुरु भएसँगै लोकल जातका कुखुराको मागपनि अत्याधिक बढ्ने गर्छ ।‘जाडो मौसममा लोकल कुखुराको उत्तिकै माग छ’, पुनमले भनिन्, ‘उत्पादन गर्न सके बजारको कुनै समस्या छैन ।’ दाङ्गका प्रमुख शहर हरु तुलसीपुर, घोराही, लमही र भालुबाङ्गबाट कुखुराको माग आउने गरेको उनी बताउछिन् । घरायसी प्रयोग तथा पुजा पाठका लागि माग गर्नेको संख्या पनि बढ्दो छ ।
    ‘अहिले गाउँगाउँबाट पनि चल्लाको माग आइरहेको छ’, पुनमले भनिन्, ‘स्थानीय जातका कुखुरापालनमा विस्तारै आकर्षण बढ्दैछ ।’ लोकल जातका कुखुराको मासु स्वादिष्ट तथा स्वस्थकर हुने हुँदा उपभोक्ताले रुचाएका हुन् ।दाङ्गका प्रमुख शहर हरुकै होटल, रेस्टुराँमै मासुका रूपमा कुखुरा बढी खपत हुन्छ ।अन्य जातको भन्दा लोकल जातको कुखुराको मूल्य झण्डै दोब्बर छ । ज्युँदो कुखुरा प्रतिकिलो सात सय रुपैयाँमा बिक्री हुने गरेको पुनमको भनाइ छ । स्थानीय जातको कुखुरा हुर्कन समय लाग्ने भएको हुँदा ५/६ महिनापछि मात्र बेच्न योग्य हुन्छ । उन्नत जातका कुखुरालाई जस्तो नियमित खोप, औषधि खुवाउनु नपर्ने र लगानी पनि कम लाग्ने भएकाले कुखुराको ब्याबसायिक पालन अँगालेको पुनमले बताईन । ‘बारीमा चर्छन्, घरकै गहुँ, मकै, भुसको दाना खान्छन्’, पुनमले भनिन् । अब भने पुनमले करिब १ सय भालेलाई बधिया बनाउने र फेरि २ सय चल्ला हाल्ने योजना बनाएकी छिन् ।

    केहो बधिया ?

    कुखुराको भाले किलोको हिसाबमा बिक्री हुन्छ भने बधिया भालेको कुनै मूल्य हुँदैन । बोकालाई खसी बनाउने भनेजस्तै भालेलाई पनि खसी बनाउनु नै हो, जसलाई बधिया भाले भन्ने चलन छ । जसलाई कुत्ता मुल्यमा (नजोखेर) बिक्री गर्न सकिन्छ । तसर्थ कुखुरा पालकहरुले राम्रो अाम्दानीका लागि भालेलाई बधिया बनाउने गर्छन् । कसैलाई उपहार दिनको लागीपनि बधिया भाले प्रयोग हुन्छ । ग्राहकले बधिया भालेको शिर, पखेटा, पुच्छर, घाँटी लगायतका अँगहरु हेरेर चित्त बुझेमा राम्रै मुल्यमा लाने गरेको कुखुरा पालक हरु बताउँछन् । २/३ किलोका बधिया भाले २ हजार ५ सय देखि ३ हजार सम्म बिक्री हुने गरेको कुखुरा पालकहरु बताउँछन् । छिमेकी जिल्ला हरुमा बधिया भालेको त्यति महत्व नरहेपनि दाङ्गमा अति महत्व रहेको जानकार बताउँछन् । अाफ्नो अायस्तर बृद्दि गर्न भालेलाई किसान हरुले बधिया बनाउने गर्छन् ।

    लागत थोरै, अाम्दानी धेरै 

    कुखुरा पालनका लागि सुरुमा पुनमले २ लाख ५० हजार रुपैयाँ लगानी गरेका थिए । ७ कठ्ठाको क्षत्रफल भित्र तार जाली गर्न ८० हजार, खोर निर्माणमा १ लाख २० हजार र ४० हजार बराबरको ४ सय कुखुराका चल्लाबाट ब्यबसाय शुरु गरेको उनले बताईन । कुखुरापालन बाटै मासिक ३० हजारसम्म मुनाफा निकाल्ने लक्ष रहेको पुनमले सुनाईन । “४० हजारमै ४ सय चल्ला घरमै अाईपुग्छ, ढाई तीन किलोको बनाएर बेच्ने हो, पुनमले भनिन्- ५०/५५ किलो कुखुरा बेचे त लगानी उठिहाल्छ नि ।”

    दूध बेचेरै मासिक ४० हजार ।

    पुनमका श्रिमाण महेन्द्र गिरी पनि खाली बस्दैनन् । उनको ब्यबसाय भैंसी पालन हो । श्रिमाण श्रीमती मिलेर आ-अाफ्नो ब्यबसाय अँगालेका छन् । एकअर्काको ब्यबसायमा हेरफेर भएपनि पुनम दिनभरी कुखुरा हेरेर बस्छिन भने उनका श्रिमाण भैंसी चराउन जँगल जाने गर्छन । उनिहरु सँग अहिले ५ वटा भैंसी छन् जसमा दुईअोटा दुनो छन् । गिरिले दूध बेचेरै मासिक २५ हजार कमाउने गरेको सुनाए । कुनैबेला उनिसँग ४ अोटा दुनो भैंसी हुँदा मासिक ४० हजार कमाउँथे तर अहिले दुनो भैंसी २ वटा मात्र छन् । उनी दुबैजना निकै ब्यस्त हुने गर्छन । उनिहरुका ४ बहिनी छोरीहरु छन् । सबै पढ्ने भईसकेका छन् । सबैको लालन पालन कृषिमै निर्भर छ । अहिलेपनि भैंसी र कुखुराबाट मासिक ५० हजार कमाउने गरेको पुनमले सुनाईन । महेन्द्र ३ बर्ष पहिले बिदेश बाट फर्केर भैंसी पालनमा लागेका हुन् । दुख सुख साउदी अरबमा २ बर्ष बिताएर घर फर्केका महेन्द्रले गरेपछी देशमै कमाउन सकिने अनुभव सुनाउछन् । भैँसीको घाँस उत्पादनका लागि महेन्द्रले १० कठ्ठा जग्गा ठेक्कामा लिएका छन् । त्यो जग्गा जहिले घाँसले हराबरा हुने गर्छ ।पुनम जस्तै लमही ७ कप्तानगञ्ज निवासी प्रेम अोलीले पनि ब्याबसायिक कुखुरा पालन गर्दै अाईरहेका छन् । ६ बर्ष साउदीमा बिताएका अोलीले खासै प्रगती गर्न भने सकेनन् । बिदेशको दुख सम्झेर उनलेपनि ब्याबसायिक कुखुरा पालन गरेका छन् । करिब ३ बर्ष पहिले स्वदेश फर्केका अोलीको परिवार अहिले कुखुरामै निर्भर छ । उनी भन्छन् बिदेशमाधेरै दुख गरियो तर खासै प्रगती भएन, अहिले भने कुखुरा बाट मासिक ३० हजार कमाउने गरेको छु । लगानी थोरै र अाम्दानी धेरै हुने भएकाले पछिल्लो समय कुखुरा पालन तर्फ युवाहरु पनि अाकर्षित हुँदै गरेका छन् ।

    बिहिबार, कार्तिक २१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धान दिवसमा उत्कृष्ट कृषक सम्मानित, कृषि भूमि संरक्षणमा जोड
    जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै
    कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो
    हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत
    अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा
    राप्ती र गढवाले ल्याए ढकियामा बजेट

    लोकप्रिय

    • १.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो

    • २.
      हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

    • ३.
      श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै

    • ४.
      गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

    • ५.
      अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा

    • ६.
      इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा

    भर्खरै

    • १.
      धान दिवसमा उत्कृष्ट कृषक सम्मानित, कृषि भूमि संरक्षणमा जोड

    • २.
      सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल

    • ३.
      लगातार दोस्रो महिना कार्यसम्पादनमा अब्बल बन्यो प्यूठान प्रहरी

    • ४.
      जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै

    • ५.
      दाउरा निकाल्ने क्रममा बागमतीमा डुबेर दुई बालकको मृत्यु

    • ६.
      भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा अस्ताए

    • ७.
      लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु, २५ लाख बिरुवा रोप्ने लक्ष्य

    • ८.
      धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...