• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • २. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ३. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ४. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ५. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ६. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ७. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ८. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

राहदानी फ्याँकेर अटो समाउँदै रोल्पाली युवा


  •   मङ्गलबार, कार्तिक १९, २०७६ मा प्रकाशित
  • रोल्पा  ।  युगाण्डा र मकाउ गरी ८ वर्ष वैदेशिक रोजगारीमा बिताएका रोल्पा नगरपालिका–९ ह्वामाका मदन बुढा अहिले रोल्पा सदरमुकाम लिवाङमा अटो चलाउँछन् । स्वदेशमा रोजगारीका अवसर नभएको भन्दै विदेश हानिएका उनी लामो समय देश बाहिर रहे । त्यहाँको कमाइले घरको कमजोर आर्थिक अवस्थामा खासै परिवर्तन नआएपछि दोहो¥याएर विदेश नजाने निष्कर्षमा पुगे, पाँच लाख लगानी गरेर अटो खरिद गरे र आफैं चलाए । उनी अहिले सदरमुकाम आसपासका ग्रामीण क्षेत्रलाई समेत लक्ष्य गरी अटोमा यात्रु बोक्छन् ।

    Advertisement

    रोल्पा नगरपालिका–४ लहरी खोलाका टीकाबहादुर केसी २ वर्ष कतार बसे । रोजगारीको कुनै अवसर नदेखेपछि उनी २ वर्ष अघि कतार गएका हुन् । जोखिमपूर्ण काम गर्दा कतिबेला मृत्युको मुखमा पुगिने हो भन्ने त्रासका बीच २ वर्षको कतार बसाइलाई बिट मारेका उनले यहाँ अटो चलाउन शुरु गरे । विदेशमा कमाएको पैसाले नपुगे पछि ऋण लिए र ५ लाखमा अटो खरिद गरे । उनी अहिले सदरमुकाम र आसपासका बजार क्षेत्रमा अटो चलाउने गर्छन् ।

    रोल्पा नगरपालिका–९ गर्पाका सन्तोष परियार ५ वर्ष मलेसिया र २ वर्ष साउदी अरब गरी ७ वर्ष विदेश बसे । विदेश गएर कमाएको पैसाले सदरमुकाम लिवाङमा राम्रो घर बनाउने र गाडी किन्ने चाहना थियो उनको । सात वर्षसम्म विदेशमा पसिना चुहाएपनि उनले न लिवाङमा घर किन्न सके न त गाडी नै । गाडी किन्ने सपना बोकेका उनी अहिले अटो किनेर त्यसैको चालक बनेका छन् । विदेश जाँदा साहुबाट लिएको ऋणको सांवा र ब्याज भने उनले जसोतसो तिर्न सके ।

    तीस वर्षभन्दा कम उमेर समूहका रोल्पाली युवाका प्रतिनिधि पात्र हुन् मदन, टीका र सन्तोष । घरको आर्थिक अवस्था कमजोर भएका उनीहरु सकेसम्म स्वदेशमै काम गर्न चाहन्थे । स्वदेशमा काम गर्ने अवसर नपाएपछि तीनै जना विदेशिएका थिए । युवावयको धेरै समय विदेशी भूमिमा खर्चिएका उनीहरु उमेर चढेसँगै विदेश जाने मोह घट्न जाँदा स्वदेशमै स्वरोजगार बन्न अटो व्यवसाय रोजेका हुन । मदन, टीका र सन्तोष मात्र हैन रोल्पाका ४५ जना भन्दा बढी वैदेशिक रोजगारीबाट फर्किएका युवक राहदानी फ्याँकेर जिल्लामै अटो चलाउन थालेका छन् ।

    रोल्पा नगरपालिकाको लिवाङ बजार र रोल्पा आसपासका क्षेत्र, माडी गाउँपालिकाको घर्तीगाउँ, सुनिल स्मृति गाउँपालिकाको सुलिचौर, रुन्टीगढी गाउँपालिकाको होलेरी लगायतका क्षेत्रमा अटो सञ्चालन हुँदै आएको छ । जिल्ला सदरमुकामलाई आधार बनाई वराहदेवता अटो व्यवसायी समिति र मधुरमा अटो व्यवसायी समिति सक्रिय छन् । दुवै समितिमा गरी ५५ जनाभन्दा बढी अटोसँग आवद्ध रहेको वराहदेवता अटो व्यवसायी समितिका उपाध्यक्ष कुलबहादुर विकले जानकारी दिए । विकका अनुसार दुवै समितिमा आवद्ध रही अटो सञ्चालन गर्नेमध्ये ४५ जना वैदेशिक रोजगारीबाट फर्किएकाहरु हुन् ।
    यो पेशाबाट दैनिक सरदर एक हजार ५०० जति आम्दानी हुने गरेको अटो व्यवसायीहरुले बताएका छन् । सामान्य अवस्थामा पनि दैनिक एक हजार ५०० जति आम्दानी गर्ने उनीहरुको सदरमुकाममा हुने विशेष कार्यक्रमहरुमा भने कमाइ पनि बढ्ने गर्दछ । कार्यक्रम पर्दा त दैनिक आठ हजारसम्म आम्दानी हुने गरेको व्यवसायी रामबहादुर डाँगीले बताए । ‘रिजर्भ गरेर सदरमुकाम बाहिर जानु पर्दा अतिरिक्त कमाइ हुन्छ,’ डाँगीले भने । सदरमुकामदेखि रांसीसम्म रिजर्भमा लैजाँदा आफूले १२ हजारसम्म आम्दानी गरेको डाँगीले बताए ।सदरमुकाम लिवाङलाई आधार बनाएर अटो चलाउनेहरुका लागि नगरपालिकाले सीमा समेत निर्धारण गरिदिएको छ । नगरपालिकाले तोकेको क्षेत्रभित्र अटो चलाउँदा पनि ट्राफिक प्रहरीले दुःख दिने गरेको व्यवसायीहरुको गुनासो छ । बजार क्षेत्र बाहिर अटो लैजाँदा जरिवाना स्वरुप ५०० रुपैयाँ दण्ड तिराएर ट्राफिकले सताउने गरेको उनीहरुको भनाइ छ । ‘सानो लगानीमा स्वरोजगार हुँदै जनतालाई अत्यावश्यकीय सेवा दिँदै आए पनि ट्राफिकको पटक पटकको हैरानीले कहिलेकाहीँ निराश बनाउँछ,’ एक व्यवसायीले भने ।

    नगरपालिकामा अटो भित्रिएसँगै नगरवासीलाई आउजाउमा निकै सहज भएको छ । व्यक्तिगत सवारी साधन नहुनेहरुका लागि अटोले निकै सघाउ पु¥याएको रोल्पा नगरपालिका–४ का बेगम केसीले बताइन् । ‘सदरमुकाम लिवाङबाट झण्डै ५ किलोमिटरको दूरीमा रहेको जिल्ला अस्पताल, झण्डै ३ किलोमिटर दूरीमा रहेको नेपाल विद्युत् प्राधिकरण जस्ता जनताको प्रत्यक्ष सम्पर्क हुने कार्यालय आवतजावत गर्न निकै सहज भएको छ,’ केसीले भने । जेष्ठ नागरिकहरुका लागि अटो व्यवसायीहरुले भाडा दरमा केही सहुलियतको प्रवन्ध गरिदिनुपर्ने केसीको सुझाव छ ।

    मङ्गलबार, कार्तिक १९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ४.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ५.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    • ६.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation