• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, पुष ०४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

  • ३. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ४. राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

  • ५. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राहदानी फ्याँकेर अटो समाउँदै रोल्पाली युवा


  •   मङ्गलबार, कार्तिक १९, २०७६ मा प्रकाशित
  • रोल्पा  ।  युगाण्डा र मकाउ गरी ८ वर्ष वैदेशिक रोजगारीमा बिताएका रोल्पा नगरपालिका–९ ह्वामाका मदन बुढा अहिले रोल्पा सदरमुकाम लिवाङमा अटो चलाउँछन् । स्वदेशमा रोजगारीका अवसर नभएको भन्दै विदेश हानिएका उनी लामो समय देश बाहिर रहे । त्यहाँको कमाइले घरको कमजोर आर्थिक अवस्थामा खासै परिवर्तन नआएपछि दोहो¥याएर विदेश नजाने निष्कर्षमा पुगे, पाँच लाख लगानी गरेर अटो खरिद गरे र आफैं चलाए । उनी अहिले सदरमुकाम आसपासका ग्रामीण क्षेत्रलाई समेत लक्ष्य गरी अटोमा यात्रु बोक्छन् ।

    Advertisement

    रोल्पा नगरपालिका–४ लहरी खोलाका टीकाबहादुर केसी २ वर्ष कतार बसे । रोजगारीको कुनै अवसर नदेखेपछि उनी २ वर्ष अघि कतार गएका हुन् । जोखिमपूर्ण काम गर्दा कतिबेला मृत्युको मुखमा पुगिने हो भन्ने त्रासका बीच २ वर्षको कतार बसाइलाई बिट मारेका उनले यहाँ अटो चलाउन शुरु गरे । विदेशमा कमाएको पैसाले नपुगे पछि ऋण लिए र ५ लाखमा अटो खरिद गरे । उनी अहिले सदरमुकाम र आसपासका बजार क्षेत्रमा अटो चलाउने गर्छन् ।

    रोल्पा नगरपालिका–९ गर्पाका सन्तोष परियार ५ वर्ष मलेसिया र २ वर्ष साउदी अरब गरी ७ वर्ष विदेश बसे । विदेश गएर कमाएको पैसाले सदरमुकाम लिवाङमा राम्रो घर बनाउने र गाडी किन्ने चाहना थियो उनको । सात वर्षसम्म विदेशमा पसिना चुहाएपनि उनले न लिवाङमा घर किन्न सके न त गाडी नै । गाडी किन्ने सपना बोकेका उनी अहिले अटो किनेर त्यसैको चालक बनेका छन् । विदेश जाँदा साहुबाट लिएको ऋणको सांवा र ब्याज भने उनले जसोतसो तिर्न सके ।

    तीस वर्षभन्दा कम उमेर समूहका रोल्पाली युवाका प्रतिनिधि पात्र हुन् मदन, टीका र सन्तोष । घरको आर्थिक अवस्था कमजोर भएका उनीहरु सकेसम्म स्वदेशमै काम गर्न चाहन्थे । स्वदेशमा काम गर्ने अवसर नपाएपछि तीनै जना विदेशिएका थिए । युवावयको धेरै समय विदेशी भूमिमा खर्चिएका उनीहरु उमेर चढेसँगै विदेश जाने मोह घट्न जाँदा स्वदेशमै स्वरोजगार बन्न अटो व्यवसाय रोजेका हुन । मदन, टीका र सन्तोष मात्र हैन रोल्पाका ४५ जना भन्दा बढी वैदेशिक रोजगारीबाट फर्किएका युवक राहदानी फ्याँकेर जिल्लामै अटो चलाउन थालेका छन् ।

    रोल्पा नगरपालिकाको लिवाङ बजार र रोल्पा आसपासका क्षेत्र, माडी गाउँपालिकाको घर्तीगाउँ, सुनिल स्मृति गाउँपालिकाको सुलिचौर, रुन्टीगढी गाउँपालिकाको होलेरी लगायतका क्षेत्रमा अटो सञ्चालन हुँदै आएको छ । जिल्ला सदरमुकामलाई आधार बनाई वराहदेवता अटो व्यवसायी समिति र मधुरमा अटो व्यवसायी समिति सक्रिय छन् । दुवै समितिमा गरी ५५ जनाभन्दा बढी अटोसँग आवद्ध रहेको वराहदेवता अटो व्यवसायी समितिका उपाध्यक्ष कुलबहादुर विकले जानकारी दिए । विकका अनुसार दुवै समितिमा आवद्ध रही अटो सञ्चालन गर्नेमध्ये ४५ जना वैदेशिक रोजगारीबाट फर्किएकाहरु हुन् ।
    यो पेशाबाट दैनिक सरदर एक हजार ५०० जति आम्दानी हुने गरेको अटो व्यवसायीहरुले बताएका छन् । सामान्य अवस्थामा पनि दैनिक एक हजार ५०० जति आम्दानी गर्ने उनीहरुको सदरमुकाममा हुने विशेष कार्यक्रमहरुमा भने कमाइ पनि बढ्ने गर्दछ । कार्यक्रम पर्दा त दैनिक आठ हजारसम्म आम्दानी हुने गरेको व्यवसायी रामबहादुर डाँगीले बताए । ‘रिजर्भ गरेर सदरमुकाम बाहिर जानु पर्दा अतिरिक्त कमाइ हुन्छ,’ डाँगीले भने । सदरमुकामदेखि रांसीसम्म रिजर्भमा लैजाँदा आफूले १२ हजारसम्म आम्दानी गरेको डाँगीले बताए ।सदरमुकाम लिवाङलाई आधार बनाएर अटो चलाउनेहरुका लागि नगरपालिकाले सीमा समेत निर्धारण गरिदिएको छ । नगरपालिकाले तोकेको क्षेत्रभित्र अटो चलाउँदा पनि ट्राफिक प्रहरीले दुःख दिने गरेको व्यवसायीहरुको गुनासो छ । बजार क्षेत्र बाहिर अटो लैजाँदा जरिवाना स्वरुप ५०० रुपैयाँ दण्ड तिराएर ट्राफिकले सताउने गरेको उनीहरुको भनाइ छ । ‘सानो लगानीमा स्वरोजगार हुँदै जनतालाई अत्यावश्यकीय सेवा दिँदै आए पनि ट्राफिकको पटक पटकको हैरानीले कहिलेकाहीँ निराश बनाउँछ,’ एक व्यवसायीले भने ।

    नगरपालिकामा अटो भित्रिएसँगै नगरवासीलाई आउजाउमा निकै सहज भएको छ । व्यक्तिगत सवारी साधन नहुनेहरुका लागि अटोले निकै सघाउ पु¥याएको रोल्पा नगरपालिका–४ का बेगम केसीले बताइन् । ‘सदरमुकाम लिवाङबाट झण्डै ५ किलोमिटरको दूरीमा रहेको जिल्ला अस्पताल, झण्डै ३ किलोमिटर दूरीमा रहेको नेपाल विद्युत् प्राधिकरण जस्ता जनताको प्रत्यक्ष सम्पर्क हुने कार्यालय आवतजावत गर्न निकै सहज भएको छ,’ केसीले भने । जेष्ठ नागरिकहरुका लागि अटो व्यवसायीहरुले भाडा दरमा केही सहुलियतको प्रवन्ध गरिदिनुपर्ने केसीको सुझाव छ ।

    मङ्गलबार, कार्तिक १९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी
    काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद
    प्युठानमा हातहतियारसहित एक व्यक्ति पक्राउ
    सामुदायिक विद्यालयमा गुणस्तर सुधार चुनौती : प्रदेश सभा सदस्य थारू
    ‘लुम्बिनीमा भन्सार छली मिलेमतोमै भइरहेको छ’ : मुख्यमन्त्री आचार्य
    देउखुरीमा पिकअप ठक्करबाट वृद्धाको मृत्यु

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ३.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ४.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ५.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    भर्खरै

    • १.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ३.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ४.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ५.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ६.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ७.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    • ८.
      स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation