• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असार २७, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनी प्रदेश सरकारले छोडिएका गाईको दीर्घकालीन व्यवस्थापन गर्ने

देउडा गीत ‘लाली पाउडर लाया जसी’ सार्वजनिक

राप्ती न्यायिक समितिबाट ४७ वटा विवादको समाधान

अध्यक्ष विष्टद्वारा गुरुहरूलाई घरमै पुगेर सम्मान

लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा अपरेशन थिएटर भवन उद्घाटन

थबाङका सम्पर्कविहीन कर्मचारी तम्घासबाट कार्यस्थल फर्किए

थबाङ गाउँपालिकाका सात जना कर्मचारी सम्पर्क बिहिन

गुल्मीमा तीन उत्कृष्ट कृषकलाई सम्मान

उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित सम्मान

लोकप्रिय समाचार

  • १. परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका : ‘फलामको चुरा’ युट्युबमा

  • २. रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

  • ३. गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु

  • ४. नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

  • ५. कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”

  • ६. दाङमा बाघको छालासहित तीन जना पक्राउ

  • ७. पहिरोको जोखिम बढेसँगै पाल्पामा रातिको यात्रामा रोक

  • ८. बर्दियामा डेङ्गु, कालाजार र स्क्रबटाइफसका बिरामी बढ्दै

  • ९. कपिलवस्तुमा एम्बुलेन्स र बिंगर ठोक्किँदा वृद्धाको ज्यान गयो, १२ घाइते

  • १०. प्युठान नगरपालिकाद्वारा दुई सामुदायिक विद्यालयलाई नगद पुरस्कार

लिगलिगे दौडको श्रीपेच अनिश थापालाई


  •   बिहिबार, असोज १६, २०७६ मा प्रकाशित
  • गोरखा । गोरखामा सञ्चालित दशौं लिगलिगे दौड प्रतियोगिता ‘२०७६’ को उपाधी पर्वतका अनिश थापाले हात पारेका छन ।उनले लगातार चौथो पटक यो उपाधी जितेका हुन।यससँगै उनले नगद रु ६० हजार १०० सहित श्रीपेच पगरी, ट्रफी र मेडल पुरस्कार जितेका छन् । गोरखाको पालुङटारमा आयोजित प्रतियोगितामा निर्धारित १३.८ किलोमिटर दूरी ५७ मिनेट ५५ सेकेण्डमा पूरा गर्दै सो उपाधि जित्न सफल भएका हुन् । भारतीय सेनामा कार्यरत मगर उपाधि जितेसँगै एक दिनका लागि लिगलिगे राजासमेत घोषित भए ।प्रथम थापामगरलाई एक वर्षका लागि पालुङटार नगरपालिकाको सद्भाव दूत घोषणा गरिएको पालुङटार नगरपालिकाका प्रमुख दीपकबाबु कँडेलले जानकारी दिए । प्रतियोगितामा दोस्रो भएका नेपाली सेनाका खगेन्द्र बहादुरले निर्धारित दूरी एक घण्टा एक मिनेट आठ सेकेण्डमा पूरा गरेका थिए । लमजुङका नेपाली सेनाका राम्जी बस्नेतले निर्धारित दूरी एक घण्टा एक मिनेट २४ सेकेण्डमा पूरा गर्दै तेस्रो भए । चौथो भएका गोरखा हर्मीका सन्दीप ढकालले निर्धारित दूरी एक घण्टा दुई मिनेट ३४ सेकेण्डमा पूरा गरेका थिए ।गोरखा र लमजुङको सिमानामा पर्ने मस्र्याङ्दी नदीको दोभानमा रहेको चेपेघाटबाट शुरु भएको दौड प्रतियोगिता ढिकीडाँडा, ठाँटीपोखरी, पानी ट्याङ्की, छापथोक, बडडाँडा, बोहोरागाउँ, सभा चौतारो, मैबल, दर्बेपानी, बिजुलीडाँडा, खोली चौतारोदेखि लिगलिगकोट गढीसम्म पुगेर टुङ्गिएको थियो । आयोजक लिगलिगकोट विकास अभियानका अध्यक्ष पूर्ण रानाले जानकारी दिए अनुसार दोस्रो भएका भाटलाई नगद रु ३५ हजार १००, तेस्रो भएका बस्नेतलाई नगद रु २५ हजार १०० सहित मेडल, ट्रफी र प्रमाणपत्र, प्रदान गरिएको अध्यक्ष पूर्ण रानाले जानकारी दिए । उनले प्रतियोगितामा १०औँ स्थानसम्म प्राप्त गर्ने खेलाडीलाई पुरस्कृत गरिएको जानकारी दिए । नेपाली सेना रणसिंह दल गण गोरखा, पालुङटार नगरपालिका र लिगलिगकोट विकास अभियानको संयुक्त आयोजनामा प्रतियोगिताको गरिएको हो ।यस वर्ष प्रतियोगितामा लाग्ने सबै पुरस्कार रकम भने नेपाली सेनाले उपलब्ध गराएको रणसिंह दल गण गोरखाका प्रमुख सेनानी उज्वल केसीले जानकारी दिए । उनले भने, ‘देशभरका कोट तथा ऐतिहासिक स्थानको प्रचारप्रचारका लागि नेपाली सेनाले काम सुरु गरिसकेको छ, त्यसैको तयारी स्वरुप लिगलिगे दौड प्रतियोगितामा पनि हाम्रो सहभागिता हो ।’नेपाल एकीकरण अघिका बाइसे चौबीसे राज्यमध्ये लिगलिग कोटमा दौडेर प्रथम हुने व्यक्ति राजा हुने परम्परा रहेको थियो । पहिले राजा हुने परम्पराबाट दौड प्रतियोगिता सुरु भएको भए पनि अहिले लिगलिगको आन्तरिक तथा बाह्य पर्यटकलाई लिगलिगकोट भित्र्याउन प्रतियोगिताको आयोजना गरिँदै आएको उनले बताए ।विसं १६०४ मा सुरु भएको मानिएको दौड प्रतियोगितालाई पुनः २०६७ बाट निरन्तरता दिन थालिएको अध्यक्ष रानाले जानकारी दिए । राजा द्रव्य शाहले दौडमा विजय हासिल गरी राजा बनेपछि लिगलिगकोटमा दौडिएर राजा हुने परम्पराको अन्त्य भएको मानिन्छ ।

    Advertisement

    बिहिबार, असोज १६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठानमा एक पालिका एक खेलमैदान योजना अलपत्र
    ब्याट नपाएका केशव, बलिङ चम्काएको शुभम
    लायन्स सेन्ट्रल लुम्बिनीको दोस्रो फुटबल कार्यक्रम सम्पन्न
    देवदहमा मेयर कप सुरु, उद्घाटन खेलमा वडा नं. ७ विजयी
    मेयर कप कराँते : पाँच स्वर्णसहित सूर्यविनायक च्याम्पियन
    लुम्बिनी प्रदेश क्रिकेट संघ अध्यक्ष गुरुङविरुद्धको अविश्वास प्रस्ताव पारित

    लोकप्रिय

    • १.
      परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका :

    • २.
      रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख

    • ३.
      गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार

    • ४.
      नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

    • ५.
      कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल

    • ६.
      दाङमा बाघको छालासहित तीन जना पक्राउ

    भर्खरै

    • १.
      लुम्बिनी प्रदेश सरकारले छोडिएका गाईको दीर्घकालीन व्यवस्थापन गर्ने

    • २.
      देउडा गीत ‘लाली पाउडर लाया जसी’ सार्वजनिक

    • ३.
      राप्ती न्यायिक समितिबाट ४७ वटा विवादको समाधान

    • ४.
      अध्यक्ष विष्टद्वारा गुरुहरूलाई घरमै पुगेर सम्मान

    • ५.
      लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा अपरेशन थिएटर भवन उद्घाटन

    • ६.
      थबाङका सम्पर्कविहीन कर्मचारी तम्घासबाट कार्यस्थल फर्किए

    • ७.
      थबाङ गाउँपालिकाका सात जना कर्मचारी सम्पर्क बिहिन

    • ८.
      गुल्मीमा तीन उत्कृष्ट कृषकलाई सम्मान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...