सशस्त्र प्रहरीका हवल्दार घुस रकम सहित पक्राउ

सुनवल। अख्तियारले शसस्त्र प्रहरीका हवल्दारलाई घुस रकम सहित पक्राउ गरेको छ। पश्चिम नवलपरासीबाट घुमुवा प्रहरीमा कार्यरत रहेका हवलदार ज्ञानेन्द्र मौर्यलाई घुस सहित पक्राउ गरेको हो। तस्करीका सामान ओसार पसारमा सहजीकरण गरिदिने भन्दै घुस रकम लिईरहेका बेला अख्तियारले पक्राउ गरेको हो । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–२ गोपिगञ्ज स्थित एक किराना पसलमा घुस रकम लिदैँ गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले आज दिउँसो उनलाई नियन्त्रणमा लिएको हो । शसस्त्र प्रहरी बेस क्याम्प सेमरीमा कार्यरत हवल्दार मौर्यले रु सात हजार घुस रकम लिदैँ गर्दा पक्राउ गरिएको अख्तियार बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भुसाले जानकारी दिनुभयो ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...