कामना डेली,नवलपरासी। अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुट्वलले पश्चिम नवलपरासीबाट सहायक वन अधिकृत सहित दुई जनालाई घुस रकम सहित बिहिबार पक्राउ गरेको छ । अख्तियारले प्रतापपुर–सुस्ता सबडिभिजन वन कार्यालय नवलपरासीका सहायक बन अधिकृत पर्शुराम चौधरी र उनी संगै बन कार्यालय रहेको भवनका घरधनी मनोज कुमार चौहानलाई ६५ हजार घुस रकम सहित पक्राउ गरेको हो । सहायक बन अधिकृत चौधरीले वन कार्यालयमा परेको वनसम्बन्धी मुद्दा मिलाइदिने भन्दै घूस वापत उक्त रकम लिएको बताईएको छ।वन क्षेत्रबाट अवैधरुपमा बालुवा चोरी गरेर ल्याएको आरोपमा डिभिजन वन कार्यालयले १० दिनअघि तीनओटा ट्याक्टर फेचुवा गाउँबाट नियन्त्रणमा थियो ।तीमध्ये एक ट्याक्टरधनीको मुद्दा मिलाइदिने भन्दै सहायक वन अधिकृतले सेवाग्राहीसँग ६५ हजार घुस मागेको अख्तियारले जनाएको छ ।सेवाग्राहीबाट सोझै घुस लिँदा पक्राउ पर्ने डरले सहायक वन अधिकृत चौधरीले घरधनी शर्मालाई रकम बुझ्न लगाएका थिए ।उनिहरुलाई सरकारी वकिलको कार्यलय परिसरबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलले जनाएको छ ।
नवलपरासीमा ६५ हजार घुस सहित दुई जना पक्राउ
नवलपरासीमा ६५ हजार घुस सहित दुई जना पक्राउ

Advertisement
तपाईको प्रतिक्रिया