• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, भदौ २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ५. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ६. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ७. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ८. देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

  • ९. भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

  • १०. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

महेन्द्र मावि प्रधानध्यापक बिवाद यसरी भयो उच्च अदालतबाट साम्य


  •   बिहिबार, असोज ०२, २०७६ मा प्रकाशित
  • अनिल खत्री , गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा रहेको महेन्द्र नमुना माध्यामिक विद्यालयको प्रधानाध्यापक बिवाद उच्च अदालत बुटवलले साम्य पारेको छ । ब्यबस्थापन समिति र सोही पार्टी निकट शिक्षकहरुले एकलौटी ढंगबाट साउन ९ गतेका दिन गरेको प्रधानध्यापक नियुक्ति सिफारिस उच्च अदालतबाट पनि बदर भएको हो ।प्रधानध्यापक केशरबहादुर थापा आमा बिरामी घर गएको बेला जस्तो संवेदनशिल समयमा नयाँ प्रधानध्यापक युवराज ज्ञवालीलाई नियुक्ति गरिएको थियो । त्यस बिरुद्ध प्रधानध्यापक केशरबहादुर थापा पक्षधरले सरोकारवाला निकाय रेसुङ्घा नगरपालिकामा उजुरी दिएका थिए ।उजुरी उपर रेसुङ्घा नगरपालिकाका मेयर डिल्लीराज भुसाल र प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासनीले अध्यायन गर्दा नमुना माध्यामिक विद्यालय विकास तथा सञ्चालन निर्देशिका २०७४ विपरित प्रधानध्यापक नियुक्ति गरिएको ठहर गरेको थियो । भई रहेका प्रधानध्यापक केशरबहादुर थापालाई नै सो पदको काम काज गराई नयाँ प्रधानध्यापक नियुक्तिको प्रकृया अगाडी पढाउन निर्देशन पत्र सो बिद्यालयमा पठाएको थियो ।तर त्यस विरुद्ध नेपाली कांग्रेसका जनप्रतिनिधी सहित उनका नेता र कार्यकर्ताहरुले आन्दोलन गरेका थिए । आन्दोलनसंगै प्रधानध्यापक केशरबहादुर थापालाई नेपाली कांग्रेस निकट शिक्षक संगठनका शिक्षकहरुले कार्यकक्षमा छिर्न नदिई अपमानजनक ब्यवहार गरेका थिए । नगरपालिकाको निर्णयको बिरुघ बिवाद भएपछि प्रधानध्याापक केशरबहादुर थापा आफु माथी गरिएको अन्यायको विरुद्ध उच्च अदादलत तुल्सीपुर, बुटवल ईजालासको ढोका ढक्ढकाउन पुगेका थिए । बुधवार त्यस उच्च अदालतका न्यायधिशद्धय हरिप्रसाद पौड्याल र दिपेन्द्रबहादु वमको ईजालासले महेन्द्र नमुना माध्यामिक विद्यालयमा साउन ९ गतेका दिन प्रधानध्यापक छनौट समितिको निर्णय र भदौ १४ गते त्यस बिद्यालय ब्यवसथापन समितिको निर्णय कार्यन्वयन नगर्नु नगराउनु यथास्थितीमा राख्नु भन्ने अन्तरिम आदेश जारी गरेको छ । उक्त फैसलामा भनिएको छ छ –‘निवेदक ( प्रधानध्यापक केशरबहादुर थापा ) लाई पुर्ववत आफ्नो कार्य गर्न दिनु भनि उच्च अदालत नियमावली २०७३ को नियम ४२ ( १ ) विपक्षीहरुका नाउँमा अन्तरिम आदेश जारी गरि दिएकोछ । सो को सुचना यथासिघ्र दिई नियम अनुसार गर्नुृ ।;’ उच्च अदालतको फैसाला पछि प्रधानध्यापक केशरबहादुर थापाले भने न्याय प्रेमी जनताको जित भएको प्रतिकृया दिए । केशरबहादुर थापाको तर्फबाट बरिष्ठ अधिबक्ता तेजप्रसाद कँडेलले बहस गरेका थिए । विद्यालय ब्यवसथापन समितिको तर्फबाट बरिष्ठ अधिवक्ता गोकर्णसिंह थापा, छनौट समितिका सदसय हरिबहादुर खात्रीको तर्फबाट युवराज पाण्डे र रेसुङ्गा नगरपालिकाको तर्फबाट बरिष्ठ अधिबक्ता पशुपति भण्डारीले बहस गरेका थिए ।
    बहुमतको आडमा उदण्ड
    नेकपाबाट विजयी भएका मेयर भुसाल र उपमेयर सिता भण्डारी र केहि वडाध्यक्ष बाहेक रेसुङ्घा नगरपालिकामा नेपाली काग्रेसको बहुमत रहेको छ । जव मेयर भुसाल र प्रमुख प्रशासकिय अधिकृत मरासीनीको हस्ताक्षर सहितको उक्त पत्र नेपाली कांग्रेस निकट वडाध्यक्ष र अन्य जनप्रतिनिधीहरुले देखे तव भने उनीहरुलाई सहिसाध्धे भएन ।बहुमत कै आडमा मेयर भुसाल र प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा ताला लगाईयो । ताला लगानु पुर्व प्रमुख प्रशासकिय अधिकृत मरासीनी माथी दुब्र्यबहार गरियो । वडाध्यक्ष जस्तो जिम्मेवार जनप्रतिनिधीले निर्लज्जा ढंगबाट मेयर र प्रमुख प्रशासकिय अधिकृत बिरुद्ध उत्रिएको कांग्रेस जनप्रतिनिधीको आन्दोलनले उग्ररुप लियो । कर्मचारी देखि सुरुक्षाकर्मी र सञ्चारकर्मी सम्मलाई लछार पछार र चुनौती दिने काम भयो । तालाबन्दी पछि दोश्रो दिनको हर्कत थियो त्यो । जुन हर्कत सञ्चारमाध्यममा उनै वडाध्यक्ष सहितका जनप्रतिनिधीहरु आफैले देखे पछि दोश्रो दिन पछि उनीहरु पछाडी हटेका थिए ।

    Advertisement

    बिहिबार, असोज ०२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता
    बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने
    उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
    घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य
    भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान
    भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ५.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ६.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    भर्खरै

    • १.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • २.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • ३.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    • ४.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

    • ५.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    • ६.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    • ७.
      घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

    • ८.
      भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...