भारत तर्फ पैठारी हुन लागेको २ सय ६५ बोरा केराउ बरामद

६ लाख बढी मुल्यको केराउ बरामद

सागर थापा,दाङ। जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले भन्सार छलेर ल्याईएको अबैध केराउ बरामद गरेको छ ।करीब ६ लाख ६२ हजार पाँच सय रुपैयाँ बराबरको २६५ बोरा केराउ अबैध रुपमा भारत निकासी हुँदै गरेको अवस्थामा पक्राउ गरिएको हो ।बर्दियाको बढैयाताल गाउँपालिका वडा नं.८ मुनाल बस्ती स्थित सडक छेउमा भन्सार छलेर नेपालबाट भारत तर्फ निकासी गर्न लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाएको छ । २६५ बोरा बेवारिसे अवस्थामा स्टोर गरि राखेको अबैध केराउ आबश्यक कारवाहीको लागि राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा पठाईएको बर्दिया प्रहरीले जनाएको छ ।

कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...