काठमाडौैं । न्युज २४ टेलिभिजनका सीधा कुरा जनतासँग कार्यक्रममा सञ्चालन पत्रकार रवि लामिछानेलाई पाँच दिन थुनामा राख्न चितवन अदालतले आदेश दिएको छ ।
शुक्रबार चलेको लामिछाने सहित ३ विरुद्धको थुनछेक बहस पछि यस्तो आदेश दिईएको हो । पत्रकार शालिकाराम पुडासैनीको आत्महत्या प्रकरणमा बिहीबार काठमाडौंबाट रविसहित ३ जना पक्राउ परेका थिए ।पुडासैनी आत्महत्या प्रकरणमा अनुसन्धान गर्न न्यायाधीश विनोदकुमार शर्माले म्याद थपको अनुमति दिनु भएको हो ।
Advertisement