बर्दिया । प्रहरीले बर्दियामा दुर्लभ वन्यजन्तु चित्तलको छाला र मासु सहित एक जनालाई पक्राउ गरेको छ ।बारबर्दिया नगरपालिका-१० लम्कीफाँटाबाट सोही ठाउँ बस्ने श्यामलाल थारुलाई चित्तलको छाला १ थान र १० केजी मासु सहित आज बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मोतीपुर र सशस्त्र प्रहरी बेस क्याम्प कतर्नियाबाट खटिएको संयुक्त प्रहरी टोलीले थारुलाई पक्राउ गरेको हो ।थारुलाई आवश्यक कारबाहीको लागि बर्दिया राष्ट्रिय निकुञ्जमा बुझाइएको छ ।
Advertisement