टेकबहादुर पुन,देउखुरी। दाङको देउखुरीमा बनबाटै सालको गोलिया गायव पारिएको छ। बनक्षेत्र भित्र घाटगद्धि गरेर राखिएको करिब १ सय क्वुफिट साल जातको गोलिया काठ चोरी भएको हो ।लमही नगरपालिका वडा नम्बर ७ बनघुस्री स्थित कर्रि सामुदायिक बन उपभोक्ता समुहको बनक्षत्र भित्र घाटगद्दि गरिएको काठ चोरी भएको हो । जिल्ला वन कार्यालय दाङको अापुर्ति समितिलाई अार्थिक बर्ष २०७३/७४ मा छुट्याईएको काठ गत बिहिबार २६ गते राती चोरी भएको हो । अापुर्ति समितिले बिक्रि गर्न नसकेको काठ पुन बन समितिलाई फिर्ता अाएपछि समितिले उपभोक्तालाई बितरण गर्ने निर्णय गरेको थियो । अार्थिक बर्ष २०७५/७६ को कटान काठ सँगै बितरण गर्ने निर्णय गरिएको उक्त काठ घाटगड्डि बाटै चोरी भएपछि बनघुस्रीमा खैलाबैला मच्चिएको छ । काठ कसले र किन लगेको बारे अाफुलाई कुनै जानकारी नभएको कर्रि सामुदायिक बनका अध्यक्ष किशोर कुमार घर्तिले बताउनु भयो । “हामिले काठ बितरण गर्ने निर्णय गरेका थियौँ, अहिले काठ नै चोरी भयो अध्यक्ष घर्तिले भन्नुभयो-गाडि नै लगेर लोड गरिएको जस्तो देखिन्छ ।” उहाँले सब डिभिजन बन कार्यालयमा रिपोर्ट गरिसकेको र अनुसन्धान जारि रहेको जानकारी दिनुभयो ।अहिले उक्त बनमा बैज्ञानिक बन ब्यबस्थापन लागू भईसकेको छ । स्थानिय कै मिलोमतोमा काठ चोरी भएको हुनसक्ने अाशँका गरिएको छ ।
सालको गोलिया सामुदायिक वनबाटै गायब
सालको गोलिया सामुदायिक वनबाटै गायब
Advertisement
तपाईको प्रतिक्रिया