कामना डेली।रौतहटको क्षे नं . १ ख गढीमाई न.पा ६ पकहा बखरी टोलमा ३ सय भन्दा बढी घरधुरी बाढिबाट प्रभावित बनेका छन । बाढीबाट अति प्रभावित क्षेत्र हो यो। पीडितहरुका लागि प्रदेश नं २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले राहत सामग्री लिएर पुगे। आफू जनकपुरबाट विभिन्न भत्किएको सडकको सामना गर्दै जनताको दुखमा थोरै भएपनि मल्हम लगाउन पुगेका छन ।राहत वितरण गर्दै अझ थप्न राहतको आवश्यकता रहेको ठाउँ गढो, रजवाडा, फुलवरिया , धर्मपुर ,दुर्गा भगवती गापा , माधव नारायण नपा, यमुना माई गापा अादीलाई तत्काल राहतको लागि सम्बन्धित निकायसँग माग समेत गरेका छन ।
Advertisement