बिमल प्रसाद पाेख्रेल,प्युठान।प्रथम राष्टपति रनिङ शिल्ड प्रतियाेगिताका लागि जिल्ला छनाैट खेल गणतान्त्रिक खेलकुद मैदान बिजुवारमा चलिरहेकाे छ।यश अघि जिल्लाका नाै वटै स्थानबाट खेलाडि छनाैट गरि जिल्लामा छनौट भएका खेलाडिहरुकाे प्रतिस्पर्धा बाट सेलेक्ट हुने खेलाडि हरु प्रदेश स्तरिय खेल खेल्न पाल्पा जानेछन।अाजभएकाे चारसय मिटर र सय मिटर दाैडमा झिम्रुक गाउपालिका छनाैट भएकाे छ।झिम्रुक गाउपालिका एक स्थित अमर सिंह मा बिमा अध्ययनरत छात्रा बसन्ता खनालले दुबै दाैडमा बिजेता बनेकि छन उनी हाईजम्पमा पनि चार मिटर सात सेन्टिमिटर जम्प गरेर प्रथम स्थान ल्याउन सफल भई जिल्ला छनाैट भएकि हुन।छात्र तर्फकाे चारसय मिटर दाैडमा प्युठान न पा प्रथम भएकाे छ भने दाेर्साे झिमरुक गाउपालिकाले हाता पारेकाे थियाे।भलिबल छात्र छात्रा दुबै गाैमुखि गाउपालिकाले जित्न सफल भएकाे भने प्युठान नगरपालिका छात्र दाेर्साे स्थान ल्याउन सफल भएकाे छन भने एेराबतिका छात्रा दाेस्राे भएका छन।प्रदेस स्तरीय राष्टपति रनिङ शिलमा भाग लिन अफिसियल संगै ७५ खेलाडि भाेलि पाल्पा प्रस्थान गर्ने जिल्ला खेलकुद बिकास समिति प्युठानले जनाएकाे छ।
प्युठानमा प्रथम राष्टपती रनिङ शिल्ड छनाैट प्रतियोगिता सुरु
प्युठानमा प्रथम राष्टपती रनिङ शिल्ड छनाैट प्रतियोगिता सुरु
Advertisement
तपाईको प्रतिक्रिया