राम बहादुर बिश्वकर्मा,प्युठान । शुक्रबार रातभरि परेको अविरल बर्षाका कारण प्युठान नगरपालिका ४ कालिका मन्दिर नजिक रहेको एक बस्ति डुबानमा परेको छ । पानीको सतह जमिनबाट ४ फिट माथि सम्म अार्इपुगेको थियो ।बस्तिका ३ देखि ५ घर डुबानमा पारेको छ ,स्थानीय प्रबिन बि क का अनुसार,घर नै डुब्ने अबस्था भएपछि स्थानीयबासी घरबाट बाहिर निस्कन नै समस्या भएको छ। रातिको बर्षासँगै बिजुवारमा ठूलो भल आएको थियो । अहिले बाढीको सतह घट्दै गएको छ । पानीको बहाब बढेर बर्षेनी यसरि गोर्खे कुलो र क्वाडी कुलोमा अत्त्याधिक पानि आउँदा यस्तो घटना भएपनी सरोकारवाला निकायले खासै चासो नदिएको गुनासो छ।पबस्तिमा कुनै असर परेको छैन सधै जसो बर्षाको समयमा यस्ता समस्या सामान्य रहेको बिजुवार प्रहरी चौकिले जानकारी दिएको छ।अहिले भने पानीको सतह कम हुँदै गएको प्रहरीले जनाएको छ। घरमा चार/पाँच फिटसम्म पानी जमेको थियो।यस क्षेत्र डुबानमा परे पनि त्यस्तो भौतिक तथा मानवीय क्षति भने भएको छैन।रातको समयमा ठूलो पानी परे संगै यस्तो अवस्था आएको स्थानीय बासिन्दाले बताएका छन्।
अबिरल बर्षातले बस्ती जोखिममा
अबिरल बर्षातले बस्ती जोखिममा
Advertisement
तपाईको प्रतिक्रिया