सागर थापा,घोराही । घोराहीमा भइरहेको गुणस्तरहीन पिचको विरोधमा नेपालि काग्रेसले सोमवार विहान घोराहीमा विरोध जुलुस निकालेको छ । सडकमा छर्री हालेर सडक दुर्घटनाको जोखिम बढाएको र गुणस्तरहीन पिच गर्ने काम घोराही उपमहानगरपालिकावाट भएको भन्दै यसको चौतर्फी आलोचना हुन थालेपछि काग्रेसको अगुवाईमा घोराहीमा विरोध जुलुस निकालिएको हो । केही दिन अघिमात्रै बैँक रोडका स्थानियहरुले आफै सडकको छर्री उठाएर फालेका थिए ।सडक कालोपत्रे गरेको केही दिनमा नै उम्कीने र छर्रीमात्रै विच्छाएर गुणस्तरहीन काम गर्न खोजीएको काग्रेसले आरोप लगाएको छ । नेपालि काग्रेस क्षेत्र नम्बर ३ को आयोजनामा निकालिएको विरोध जुलुसले घोराही बजारका विभिन्न भाग परीक्रमा गरी घोराहीको तुलुसिपुर चोकमा पुगेर कोण सभामा परीणत भएको थियो ।विरोध जुलुसमा काग्रेस नेता, कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारण जनताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।पछिल्लो उपमहानगरको पिचको वारेमा सत्तारुढ दलका नेता, कार्यकर्ताहरुले पनि विरोध गर्दै आएका छन् । कोणसभामा वोल्ने वक्ताहरुले घोराही उपमहानगरको विकास निर्माणमा कामहरु एकपछि अर्को गर्दै गुणस्तरहीन देखीएको भन्दै पछिल्लो पटक घोराही बजारको पिचले उपमहानगरपालिकाको काम कारवाही जनताले थाहा पाउने गरी छताछुल्ल भएको पनि बताए ।
विरोध जुलुसकाक्रममा घोराहीका मेयर, उपमेयर विरुद्ध नारावाजिसमेत काग्रेस नेता, कार्यकर्ताहरुले गरेका थिए । सो अवसरमा वोल्दै नेपालि काग्रेस दाङका सचिव शंकर डाँगीले घोराही उपमहानगरपालिकाको पिचले आफै नै उपमहानगरलाई गिज्याइरहेको भन्दै मेयरको शालिनता, भद्रतामाथि प्रश्न चिन्ह खडा हुने काम भएको बताए ।