दाङ । दाङमा ट्याक्टर पल्टिँदा सोही ट्याकटरका चालक तुलसीपुर–५ बगरपुर निवासी २० वर्षीय दीपक नेपालीको मृत्यु भएको छ । गए राति १ बजेतिर तुलसीपुर उपमहानगरपालिका–८ टिकरीखोलामा ट्र्याक्टर पल्टिँएको प्रहरीले जनाएको छ । ना५त ९०७९ नंको ट्र्याक्टर पल्टिँदा गम्भीर घाइते भएका नेपालीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा २ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले बताउनुभयो ।साथै सोही दुर्घटनामा परी सहचालक सोही ठाउँका १६ वर्षीय अनिल नेपाली घाइते भएका छन् । अनिलको बायाँ हातमा चोट लागेको छ । उनको तुलसीपुरमा उपचार भइरहेको छ ।
Advertisement