बाँके । नेपालगञ्ज उपमहानगरपालिका–२२, पुरैनीबाट १८ किलो ५०० ग्राम अफिमसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भेरी नगरपालिका–९, खलङ्गा, जाजरकोटका २५ वर्षीय राजेन्द्र विश्वकर्मा, पुथा गाउँपालिका–२ पूर्वी रुकुमका ५९ वर्षीया शर्मिला मगर, नलगाढ गाउँपालिका–९ जाजरकोटका २५ वर्षीय वीरबहादुर नेपाली, सोही ठाउँका ५० वर्षीय पृथ्वीबहादुर विश्वकर्मा र पञ्चपुरी नगरपालिका–९, खुर्सानीबारी, सुर्खेतका ५९ वर्षीय अम्मरबहादुर दराई रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले बताएको हो।आज बिहान ९ बजे पुरैनीस्थित बाबाकुटीमा लागुऔषधको कारोवार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको सुरक्षाकर्मीले लागुऔषधसहित कारोवारमा संलग्नलाई नियन्त्रणमा लिएको हो ।
Advertisement