माधव बेल्बासे कपिलवस्तु । कपिलवस्तुको सुरई नदीमा पौडी खेल्ने क्रममा डुबेर ३ जना युवकको ज्यान गएको छ । जिल्लाको पश्चिमी क्षेत्रको शिवराज नगरपालिका २ हल्लनगर नजिकै रहेको सुरई खेलामा पौडी खेल्न गएका बिजयनगर गाउपालिकाको वडा नम्वर ६ का ३ युवा मगलबार दिउसो डुबेर मृत्यु भएको हो ।स्थानीयका अनुसारका गौरा भट्टराईका छोरा आशिक भट्टराई, कमला भुसालका छोरा निराजन भुषाल र माया सुनारका छोरा सुमित सुनार रहेका छन । दिउसोको समयमा गर्मी छल्न गएका युवाहरु पौडी खेल्न नजानेको कारण नदिमा डुबेको प्रत्यक्षदर्शीहरुले बताएका छन । तीनै युवाहरु २२ वर्षमुनिका रहेको प्रहरीले जनाएको छ ।
Advertisement