काठमाडाैँ। जंगली च्याउ खाँदा एकै परिवारका चार दिदी बहिनीसहित ६ जनाको मृत्यु भएको छ । गत शुक्रबार च्याउ खाएर गम्भीर बिरामी परेका पाल्पाका ११ जनामध्ये तीनजनाको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएपछि मृतकको संख्या ६ पुगेको हो ।मृत्यु हुनेमा पाल्पाको निस्दी गाउँपालिका–३ झिरुवासको सार्की डाँडा निवासी ४८ वर्षीय पूर्णसिंह खाम्चा मगर, १२ वर्षीया निशा सिंह ठकुरी र ६ वर्षीय सुमन सिंह ठकुरी छन् ।निशा र सुमन कान्छा बुबा र ठूलाबुबाका छोराछोरी हुन् । दुई दिनअघि १४ वर्षीया निरुता सिंह ठकुरीको सोही अस्पतालमा उपचारको क्रममा निधन भएको थियो भने ८ वर्षीया निर्मला सिंह ठकुरी र ४ वर्षीया विष्णु कुमारी सिंह ठकुरीको चितवन मेडिकल कलेजमा निधन भएको थियो ।मृतक ६ जनामध्ये निशा, निरुता, निर्मला र विष्णु एउटै परिवारका दिदी बहिनी हुन् ।विषालु च्याउ खाएर ११ जना बिरामी परेका थिए । बिरामी गरेका नाैजनाको कावासोतीस्थित मध्यविन्दु अस्पतालमा उपचारपछि थप उपचारका लागि काठमाडौं ल्याइएको थियो ।बिरामीहरुमध्ये एकजना निको भएर घर फर्किएका छन् भने बाँकी चारजनाको काठमाडौंमा उपचार भइरहेको छ ।
विषालु च्याउले पाल्पामा एकै परिवारका ४ दिदीबहिनीसहित ६ जनाको मृत्यु
विषालु च्याउले पाल्पामा एकै परिवारका ४ दिदीबहिनीसहित ६ जनाको मृत्यु

Advertisement
तपाईको प्रतिक्रिया