• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

धनुषाका ११० परिवारले पाए लालपुर्जा

रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

लोकप्रिय समाचार

  • १. आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

  • २. हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

  • ३. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ४. नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

  • ५. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ६. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ७. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • ८. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ९. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • १०. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

टीकापुर नगरपालिकामा जनतासंग मेयर-उपमेयर कार्यक्रम सुरु


  •   बिहिबार, जेठ ३०, २०७६ मा प्रकाशित
  • यज्ञराज उपाध्याय,टीकापुर : कैलालीको टीकापुर नगरपालिकाले मंगलबार देखि जनतासंग मेयर-उपमेयर कार्यक्रम सुरु गरेको छ । आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम तय गर्न र सोही अनुसार बजेट विनियोजन गर्न जनताका समस्याहरु घरआगनमै गएर बुझ्ने हेतुले जनतासंग मेयर-उपमेयर कार्यक्रम सुरु गरिएको हो र यस कार्यक्रमले जनताको निराशापनलाई कम गर्ने र नगरपालिकाका काममा सहयोग गर्ने नगरपालिकाले अपेक्षा समेत गरेको छ । यस कार्यक्रम अन्तर्गत नगरपालिकाले आफ्नो क्षेत्र भित्र रहेका तर अहिलेसम्म कुनैपनि नीति तथा कार्यक्रम वा योजनामा नपरेका ठाउँमा गएर त्यसको अवलोकन गर्दै जनताको सामुहिक माग र आवश्यकता अनुसार चालू खर्चबाट अधिकतम १ लाखसम्म सहयोग गर्ने कार्यक्रम रहेको छ । आर्थिक बर्ष २०७५/०७६ अन्तर्गत सञ्चालित यस कार्यक्रमले १ लाखको हिसाबले १० वटा ठाउँका स्थानीयसंग अन्तरक्रिया र छलफल गरेर आवश्यकता अनुसार तत्काल सहयोग गरिने मेयर तपेन्द्र रावल र उपमेयर केशरी बिष्टले बताएका छन ।टीकापुर नगरपालिकाका कर्मचारी निर्मला चौधरीका अनुसार यदि कुनै ठाउँमा ५० हजार मात्र सहयोग गर्दा, ५० हजार अर्को ठाउँमा सहयोग गरेपछि १० वटा भन्दा बढी ठाउँमा सहयोग गर्न सकिनेछ । क्रमश १ लाखको हिसाबले १० वटा स्थानमा मात्र सहयोग गरिनेछ, जसले गर्दा यहाँ भन्दा अगाडी बजेट नपरेका तर बजेट अत्यावश्यक भएका ठाउँमा राहत हुनेछ र आगामी आर्थिक बर्षको लागि बजेट विनियोजन गर्न सहज हुनेछ । नगरप्रमुखका ६० प्रतिशत स्थान र उपप्रमुखका ४० प्रतिशत स्थानमा बजेट दिने सहमति अनुसार मेयर-उपमेयर दुबैले प्रत्यक्ष अवलोकन गरि, जनताको सामुहिक समस्या बुझेर सहयोग गर्ने गरिएको छ ।टीकापुर नगरपालिकाले पहिलो दिन मंगलबार वडा नम्बर २ विजयनगर शिविर र वडा नम्बर १ को पशुहाटबजार नजिकैका स्थानीयहरुको समुहसंग अन्तरक्रिया गरेर दुबै ठाउँका मन्दिरमा तारबार निर्माणका लागि एक-एक लाख बजेट विनियोजन गर्ने मेयर, उपमेयर दुबैले प्रतिबद्धता गरेका हुन । यसैगरी मंगलबार नै वडा नम्बर ६ स्थित पानीमुला र पर्सेनीका स्थानीयहरु संग छलफल गरेर यी दुबै गाउँको बाटो ग्राभेलका लागि जनतासंग मेयर-उपमेयर कार्यक्रमबाट नगरपालिकाले एक-एक लाख रकम दिने मेयर, उपमेयरले बताएका हुन । जनताका सामुहिक अत्यावश्यक र १ लाखमै सम्पन्न गर्न सकिने योजनाहरुलाई लक्षित गरि छलफल गरेर तत्कालै बजेट विनियोजन गर्ने गरिएको छ, जसले स्थानीय जनताले नगरपालिकालाई बारम्बार भनिरहेका तर नगरपालिकाको बजेट नपरेका स्थानका जनताका कुराहरुलाई सम्बोधन गर्ने हुनाले आमजनताहरु उत्साहित बनेका छन । बजेट अभावका कारण यो आर्थिक बर्षमा १० स्थानलाई मात्र लक्षित यस कार्यक्रमबाट लक्षित ठाउँका जनता मात्र नभई आमनगरवासी हर्षित बनेका छन ।बुधबार पनि यस कार्यक्रमकै लागि लागि मेयर रावल र उपमेयर बिष्ट सहितको टोलिले वडा नम्बर २ स्थित कालिका आधारभूत बिद्यालयमा बिद्यालय संग समन्वय गरेर यहि बिद्यालयका तिनवटा कोठा प्रयोग गर्दै “मेरि आमा मेरो साहरा, बनाउ मलाई चम्किलो तारा” मुल नारासहित अनाथ, असहाय, टुहुरा तथा सडक बालबालिकाहरुका लागि आवास तथा शिक्षा दिने उदेश्यले एक महिना अघिमात्र स्थापित मेरि आमा (माइ मोदर) संस्था संग छलफल गरेर यस संस्थालाई अनाथ, टुहुरा बालबालिकाको सेवा गर्नका लागि अत्यावश्यक सामाग्री खरिदका लागि एक लाख सहयोग गर्ने मेयर र उपमेयर दुबैले प्रतिबद्धता गरेका हुन । कक्षा ३ सम्म रहेको पुरानो कालिका आधारभूत बिद्यालय नामले चिनिने यस स्कुलमा रहेर यस संस्थाले यी बालबालिकालाई यहि स्कुलमै निशुल्क पढाइरहेको छ । यहाँ नगरपालिकाले यहाँ भन्दा अघि केही बजेट विनियोजन नगरेकाले यी अनाथ, असहाय बालबालिकालाई पाल्न, बढाउन र पढाउनका लागि जनतासंग मेयर कार्यक्रमबाट एक लाख दिने र सकेसम्म आगामी आर्थिक बर्षमा पनि केही बजेट छुट्टाउने मेयर र उपमेयरले बताएका हुन । स्कुलले दिएका तिनकोठा मध्ये एक कोठामा बालबालिकालाई सुताउने गरिन्छ भने अर्को एक कोठामा भान्छा छ र अर्को कोठामा कार्यालय छ । बालबालिका सुत्ने कोठामा पङ्खाको अभाव भएको र गर्मी मौसम भएकाले पङ्खा अत्यावश्यक भएको भन्दै स्ट्यान्ड फ्यान खरिद गर्न मेयर रावलले आग्रह गरेका हुन ।संस्थाका अध्यक्ष धनपती चौधरीले अहिले तत्काल केही भाडाहरु, बेड, झुल र केही पङ्खा आवश्यक परेको बताएकी थिइन । नगरपालिकाका मेयर तपेन्द्र रावलले उक्त कार्यक्रममा बोल्दै समाजसेवाको काम सबैले गर्न नसक्ने बताउदै चुनावी अभियानमा आफुले गरेको प्रतिबद्धता अनुसार जनताकै घरआगनमा गएर जनताको समस्या सुन्न र सो समस्या समाधानका लागि यो कार्यक्रम अघि बढाइएको बताए । उपमेयर केशरी बिष्टले यदि बालबालिका बिरामी भएको खण्डमा नगरपालिका संग एम्बुलेन्स रहेकाले सो एम्बुलेन्स प्रयोग गर्न अनुरोध गरेकी हुन । अहिलेसम्म ५ स्थानमा यस कार्यक्रम मार्फत बजेट विनियोजन भैसकेको छ । अब ५ स्थानका जनतासंग छलफल गरेर बजेट विनियोजन गरिनेछ । एउटै टोललाई नदोर्याउने सर्तमा अघि बढाईएको यो कार्यक्रमले नगरपालिकाका ९ वटै वडालाई समेट्न सकेको छैन । अहिलेसम्म वडा नम्बर १, २ र ६ मा मात्र जनतासंग मेयर, उपमेयर कार्यक्रम गरिएको र सहयोग रकम समेत विनियोजन गरिएको छ ।

    Advertisement

    बिहिबार, जेठ ३०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल
    पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता
    रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता
    रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता
    रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता
    प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

    लोकप्रिय

    • १.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ

    • २.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले

    • ३.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ४.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५

    • ५.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल

    • ६.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    भर्खरै

    • १.
      लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

    • २.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    • ३.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

    • ४.
      शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

    • ५.
      प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

    • ६.
      विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

    • ७.
      मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

    • ८.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation