अनिल खत्री, गुल्मी । कतिपय मानिसहरु यस्ता हुन्छन् जसको संघर्ष कहानी अरुको निम्ति प्रेरणदायी पनि हुन्छन् । जीवन जिउनको निम्ति मानिसले गर्नुपर्ने आधारभूत कामले मान्छेलाई धेरै सफलतामा पुराएको पनि छ । उनिहुन् तम्घासको उदिनढुंगामा पसलगर्दै आएका झबि पाण्डेय वर्षले ४२मा लागेका अहिले जीवनको दैरानमा बिभिन्न कठिनाईहरु पार्दै गर्दै आए । सानो उमेरमा वुवाको निधन पछी हलो कुटो कोदालोमा सिमीत रहेर आफना दुई भाई १ वहिनी र दुई आमाको पालन पोषण गर्दै उनको वालापन हलो कुटो कोदालो मात्रै थियो । यहि दैरानमा उनलाई तम्घासको गोमाराज श्रेष्ठको पसलमा पाएको जागीर नै प्रेणनाको श्रोत बन्न पुग्यो । पारीवारिक कम्जोरीले गर्दा कम पढाई त्यसलाई पनि साहुको जागीर व्यावहारमा उतार्नु निकै कठीनाई रहेको बताउछन् पाण्डे । उनी भन्छन् आफनो लागि बुवाआमा पछी उनै गोमाराजको जागीर र उहाँको प्रेरणाले यहाँसम्म ल्याएको बताए । ७ वर्षको जागीर पछी दुखःसुख सानो लागानीमा व्यापार गरेका पाण्डेय आफनो व्यापारको १२ वर्षको दौरानमा छन् । रेसुङ्गा नगरपालिका ४ सेउघा घर भएका पाण्डेय अहिले गाउँ समाजमा उनको सल्लाह नलिने कमै होलान् । आफु २४ घण्टा गाउँको बारेमा चिन्ता र समाज कसरी परिर्वतन हुन्छ भन्ने सोच राख्ने युवा हुन् । यती गर्दा गर्दै आफनो सामाजिक संजाल फेसबुक मार्फत बिभिन्न लेखहरु सामाजिक सन्देश, सुचना छिटो छरितो प्रर्वाह गर्न परिचित छन् । उनले अहिले आफनो व्यापारसँगै खाली समयलाई सदुपयोग गर्दै कृषिमा लागेका छन् ।गाउँकै एकजना चुराबहादुर कुँवरलाई साथमा लिएर ४ रोपनी जग्गा भाडामा लिएर कृषि पेसालाई अंगालेका छन् । पाण्डेय र कुँवरले समाज परिर्वतन र वढदो बिदेशमुसी मोहलाई स्वदेश्मै केहि गरौ गरे के सफलहुँदैन् भन्ने सन्देश दिन कृषि पेसालाई अंगालेको बताउछ्न् । समाजमा अगुवा व्यक्तिले नै केहि गरेर अरुलाईपनि केहि गरौ भन्ने सन्देश दिनको निम्ति कृषिलाई सानो लगानीबाटै सुरुवात गरेको पाण्डेयले बताए । हाल कृषिमा लागेको ३ देखि ४ महिना भएको उनले बताए ।
सानो लगानी र सानो क्षेत्रफलबाट कृषिलाई अंगालेमा झबि पाण्डेयले १ वर्ष भित्र १० रोपनी क्षेत्रफलमा कृषिलाई बिस्तार गर्ने बताए । हाल गुल्मीमै पहाडी भेगमा पहिलो पटक सिम्ला म्रिचको तरकारीको परिक्षण गरेको बताए ।यो अलवा उनले काक्रोे, बोडी र टमाटरको खेती परिक्षणको रुपमा सुरुवात गरेका छन् । बेमौसी तरकारी उत्पादन गरेर ताजा तरकारीहरु उत्पादन गर्ने र यस उत्पादनलाई बढाएर लैजाने व्यवसायी पाण्डेयले बताए । पहिलो चरणमा १ लाख ५० हजार भन्दा वढि रकमबाट सुरुवात गरेका पाडेय र कुँवरले यसको सफलता मिल्दै जान थालेकाले लगानी र क्षेत्रफल बढाउने सोच तयार भएको बताए । हामीले सानो लागनी सानो सोचले कृषि सुरुवात गरेपनि यस पेसामा अरुलाई आर्कर्शित गर्ने मुख्य उदेश्य रहेको बताए ।
गाउँ ठाउँमै केहि गर्न सुरुवात गरे यहाँ रोजगारि पनि सृजना हुने र कमाई पनि गर्न सकिने भएकाले यसप्रति रुचि देखाएको पाण्डेयले बताए । हामीले स्वदेमै केहि कमाई छैन् जागीरपनि छैन भनेर हुँदैन बिदेशमा गर्ने श्रमको आदा श्रम यहाँ गरे मनग्य कमाई गर्न सकिने उनिहरु बताउछन् ।
संघर्षले खारिएका पाण्डेय : यस्तो छ पसले, जागीर देखि कृषिसम्मको यात्रा
संघर्षले खारिएका पाण्डेय : यस्तो छ पसले, जागीर देखि कृषिसम्मको यात्रा

Advertisement
तपाईको प्रतिक्रिया