माधव बेल्वासे, (कपिलवस्तु) । भारतबाट तीन बालकको उद्धार गरीएको छ । शान्ति पुनस्र्थापना गृह केन्द्रिय कार्यालयल्े झापा, धादिङ र बर्दियाका वालकहरुलाई उद्धार गरेको हो । झापाका १४ वर्षे वालक बिराटनगरमा भारतीय ट्रक ड्राइभरले विभिन्न प्रलोभनमा पारि भारत लगेको र त्यहा विभिन्न यातना दिएपछि बालकलाई प्रहरीले दरिद्वार राजकीय बाल गृहको जिम्मा लगाएको थियो । त्यस्तै धादिङका १२ वर्षीय वालकलाई भारत लगि काम लगाईलिने प्रलोभनामा परेर अलपत्र परेका थिए । बर्दियाका १४ वर्षे एक वालकलाई पनि उद्धार गरिएको शान्ति पुनस्र्थापना गृह कपिलवस्तुका संयोजक भुमीराज भट्टराईले वताए ।भारतबाट विहीबार नेपाल आइपुगेको टोलीले बर्दियाका बालकलाई सोही दिन नै आफन्तको जिम्मा लगाएको र अन्य दुई बालकहरुलाई भने शुक्रबार झापा र र धादिङ पुगेर जनप्रतिनिधि र सरोकारवालाको रोहबरमा परिवारसँग पुनर्मिलन गराएको भट्टराईले बताएका छन् ।
भारतबाट तीन बालकको उद्धार
भारतबाट तीन बालकको उद्धार
Advertisement
तपाईको प्रतिक्रिया