काठमाण्डौ – दोलखाको कालिञ्चोक गाउँपालिका–८ सुनखानीस्थित सोती बजारमा आगलागी हुँदा ६ घर जलेका छन् । विद्युत् सर्ट भएर आगलागी हुँदा स्थानीय घनश्याम उप्रेति, चित्रबहादुर खरेल, राजेन्द्र सेढाई र नारायणप्रसाद शिवाकोटीको घरमा आगलागी भएको हो । आगलागीबाट स्थानीय पदमराज शिवाकोटी र विष्णु शिवाकोटीको घरमा पनि आशिंक क्षति पुगेको इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक सुनजीत तामाङले जानकारी दिए।आगलागीबाट करिब दुई कराड रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । गए राति करिब दुई बजेदेखि लागेको आगो बिहान ८ बजे मात्र नियन्त्रणमा आएको छ ।भिमेश्वर नगरपालिकाको दमकल, सेना, प्रहरी र स्थानीयबासी मिलेर आगलागी नियन्त्रणमा लिएका हुन् । आगलागीबाट इलेक्ट्रिक पसल र होटलमा क्षति पुगेको छ । आगलागीबाट करिब एक करोड ९७ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरी निरीक्षक तामाङले बताए ।आगलागीमा परि बा १३ च ३४८४ नम्बरको स्कुल बसमा पनि क्षति पुगेको छ ।
सोतीबजारमा आगलागी हुँदा ६ घर जलेर नस्ट
सोतीबजारमा आगलागी हुँदा ६ घर जलेर नस्ट
Advertisement
तपाईको प्रतिक्रिया