बैतडी । बैतडीको पुर्चौडी नगरपालिका–५ कुवाकोटमा आगोले जलेर बुधबार राति एकैघरका तीन जनाको ज्यान गएको छ । बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीका अनुसार मृत्यु हुनेमा स्थानीय ४५ वर्षीय करे लुहार, उनकी ४० वर्षीया श्रीमती व्रिन्दा लुहार र आठ वर्षीय छोरा मनोज लुहार रहेका छन। राति खाना खाई टहरामा सुतेका उनीहरु चुल्होको आगो एक्कासी सल्केर आगलागी हुँदा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । पुर्चौडी नगरपालिका–५ कुवाकोट घर भई उनीहरु पुर्चौडी नगरपालिका–७ बसपार्कमा टहरा बनाइ बस्दै आएका थिए । मजदूरी गरेर तथा मागेर जीवन निर्वाह गर्दै आएका लुहार परिवार गएको सात वर्ष यता बसपार्कमा टहरो बनाइ बस्दै आएका थिए ।
Advertisement