काठमाडौँ – दुई पाङ्ग्रे सवारी साधन मोटरसाइकल र स्कुटरको पछाडि बस्नेले समेत हेलमेट लगाउनु पर्ने भएको छ ।
Advertisement
महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै दुई पाङ्ग्रे सवारी साधनपछाडि बस्नेले समेत हेलमेट लगाउनु पर्ने नियम सुरु गर्न लागेको जानकारी दिए ।
दुई पाङ्ग्रे सवारी साधनको दुर्घटनालाई विश्लेषण गर्दा हेल्मेट नलगाई पछाडि बस्ने बढी मृत्यु र घाइते हुने गरेकाले दुवैलाई हेल्मेट अनिवार्य गरिएको महाशाखा प्रमुख एसएसपी बसन्तुकुमार पन्तले बताए । महाशाखाले ऐनमा संशोधन गरी हेलमेट अनिवार्य व्यवस्था गर्न यातायात व्यवस्था विभागलाई अनुरोध गरेको जनाएको छ ।