बिमल प्रसाद पाेख्रेल, प्युठान
प्यूठान सेवा समाज दोहा कतारले आज एक कार्यक्रम गरी नौबहिनि गाउपालिका भित्रका अनाथ तथा बिपन्न बालबालिकालाइ आर्थिक सहयोग गरेको छ । प्रत्यक बालबाकिलाइ रु २ हजारका दरले १४ जना बालबालिकालाइ पाँच नम्बर प्रदेश सभा सदस्य कृष्णधोज खड्का र नौबहिनि गाउपालिका अध्यक्ष शिब रीजालले हस्तान्तरण गर्नुभएको हो ।
प्यूठान सेवा समाज दोहाकतार बालबालिका सँरक्षण केन्दूका अध्यक्ष मान बहादु केसिको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम को प्रमुख अतिथिमा पाँच नम्बर प्रदेश सभा सदस्य कृष्णधोज खड्का बिशेस अतिथिमा नौबहिनि गाउपालिका अध्यक्ष शिब रीजाल रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी खड्काले बिदेशि भुमिमा रहेर गरीब दुखि र बिपन्न बालबालिकाका लागि सहयोगि हातहरु अघिसार्नुहुने सम्पूर्ण नेपालिको काम सरनिय र सम्मान गर्न योग्य रहेको बताउनु भयो । साथै उहाले पिडामा रहेका बालबालिकालाइ पिडा भन्दा माथि ल्याउन आफूले आफ्नो क्षेत्रबाट सहयोग गर्न पछि नहट्ने बताउनु भयो । बिपन्न बालबालिका फप्ली र लुँङ्गका रहेका छन उनिहरुका बुुुबाआमाले २०७२ सालमा बाढि पहीरोमा परी ज्यान गुमाएका थिय । कार्यक्रममा नौबहिनी गाउपालिकाका जनप्रतिनिधि बुद्धिजिबि स्थानिबासि लगाएतको उपस्थीति रहेको थियो