गुल्मी। गुल्मी जिल्लाको गुल्मी दरवार गाउँपालिका ४ की ३६ वर्षीया जमुना विकले दुई महिनाकी छोरीको हत्या गरेकी छन् ।
Advertisement
विकले दुई महिनाकी छोरी बिस्नु बिकलाई बिहीबार साँझ करीव ७ बजे हत्या गरेको वडाध्यक्ष खुमबहादुर पल्लीले बताए । स्थानीयका अनुसार विकले पटक–पटक छोरीको हत्या प्रयास गरेपनि स्थानीयले जोगाउँदै आएको पल्लीले बताए ।
विकले छोरीलाई दाउराले कन्चटमा हानेर हत्या गरेकी थिइन् । उनलाई गिरफ्तार गरि हिरासतमा राखिएको प्रहरी प्रमुख एसपी दीपककुमार बस्नेतले बताए ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको एसपी बस्नेतले बताए । बालिकाको शव पोेष्टमार्टमको लागि गुल्मी अस्पताल ल्याइएको छ ।