• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, कार्तिक ०३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • २. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ३. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ४. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ५. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ६. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ७. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

दोस्रो अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको तयारी तिव्र


  •   मङ्गलबार, बैशाख ३१, २०७६ मा प्रकाशित

  • महोत्सवको मुख्य आकर्षण अन्नपूर्ण म्याराथन

    पोखरा । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजना तथा अन्नपूर्ण गाउँपालिका कास्कीको व्यवस्थापनमा हुने दोस्रो अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको तयारी तिव्र पारिएको छ । अन्नपूर्ण आधारशिविरको पूर्वाधार विकास गरी पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले गतवर्षदेखि आरम्भ गरिएको अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवलाई निरन्तरता दिदै महोत्सव गर्न लागिएको हो । महोत्सवलाई एकै चरणमा सम्पन्न गर्ने गरी तिव्र रुपमा तयारीमा जुटिरहेको अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष एवं महोत्सव मुल आयोजक समितिका संयोजक ललित गुरुङ्गले जानकारी दिनुभयो । गतवर्षको महोत्सवबाट प्राप्त उपलब्धिले हामी थप उत्साहित भएका छौं, महोत्सव अवधिभर घान्द्रुक आउने पर्यटकलाई प्याकेजको व्यवस्था समेत गरिएको छ, गुरुङले भन्नुभयो ।
    पहिलो वर्षको झै दोस्रो अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव–२०७६ को मुख्य आकर्षण अन्नपूर्ण म्याराथन हुनेछ, । खेल पर्यटनको विकास र विस्तारमा थप टेवा पुगोस् भन्ने हेतुले गतवर्षदेखि आरम्भ गरिएको म्याराथनलाई यसवर्ष पनि निरन्तरता दिने तयारी गरिएको हो पोखरामा आयोजित पत्रकार सम्मेलनमा उहाँले बताउनु भयो । यस वर्षदेखि दोस्रो अन्नपूर्ण म्याराथनलाई अन्तर्रािष्ट्रय इभेन्टका रूपमा लैजाने प्रयास गरेको गुरुङले जानकारी दिनुभयो । म्याराथनको लागि नेपाल एथेलेक्टिस संघसँग समन्वय गरी अन्तर्रािष्ट्रय धावकहरू सहभागी गराउन पहल समेत गरिएको छ ।
    अन्नपूर्ण आधारशिविरबाट शुरुहुने म्याराथन माछापुच्छ«ृे आधारशिविर, वगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, घुर्जुङ, टाँडापानी, भैंसीखर्क हुँदै घान्द्रुकमा समापन हुने गरी म्याराथन रुट कायम गरिएको अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवका महासचिव दिलिप गुरुङले जानकारी दिनुभयो । फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले जुन ३ मा अन्नपूर्ण हिमालको सफल आरोहण गरी ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणको इतिहासमा विश्व कीर्तिमानी राखेको सन्दर्भमा उक्त दिनलाई अन्नपूर्ण आरोहण दिवस मनाउने गरिन्छ ।
    फागुन १५ गते आएको भीषण हिमआँधीका कारण अन्नपूर्ण आधारशिविरका होटलहरुमा ठूलो क्षति पुगेको छ । लामो समयसम्म हिउँ नपग्लिएका कारण पुनः निर्माण गर्न प्राविधिक कठिनाई परिरहेको छ । पुनः निर्माणको कार्यलाइ महोत्सव अगावै सक्ने लक्ष्य भए तापनि हाललाई असम्भव देखिएको छ । जेठ १७ देखि २० गतेसम्म चल्ने महोत्सवको आकर्षकको रुपमा रहेको म्याराथनमा प्रथम हुनेले नगद एक लाख पाँच हजार, द्वितीय हुनेले ७५ हजार र तृतीय हुनेले ५५ हजार रुपैयाँका साथमा पदक र प्रमाणपत्र प्राप्त गर्नेछन । महोत्सवमा क्लब स्तरीय पुरुष भलिबल, खुल्ला महिला भलिबल, क्लब स्तरीय पुरुष बास्केटबल भेट्रान भलिबल, वडा स्तरीय रस्साकसी, छेलो तथा विधालय स्तरीय निबन्ध लेखन प्रतियोगिता हुने महोत्सवका प्रचारप्रसार संयोजक टंकराज अधिकारीले जानकारी दिनुभयो ।
    गत वर्ष विभिन्न तीन चरणमा महोत्सव गरिएको थियो भने यस वर्ष भने एकै चरणमा हुन लागेको हो । गत वर्ष प्रथम चरणः २०७४,असोज २५ गते अन्नपूर्ण आधार शिविर, दोस्रो चरणः २०७४, पुस १० देखि १५ सम्म छोम्रोङमा र तेस्रो चरणः २०७५ जेष्ठ १७ देखि २० गतेसम्म घान्द्रुकमा सम्पन्न भएको थियो ।

    Advertisement

    मङ्गलबार, बैशाख ३१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी
    इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने
    दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र
    सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने
    दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा
    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • २.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    • ३.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ४.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ५.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व

    • ६.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation