• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ३. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ४. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ५. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ६. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ७. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • १०. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

बुद्ध जन्मोत्सवमा ३ दिवसीय कार्यक्रम


  •   सोमबार, बैशाख ३०, २०७६ मा प्रकाशित
  • कामना डेली, बुटवल । २६४३ औं बुद्ध जन्म उत्सव तीन दिवसीय कार्यक्रम अहिंसा तथा शान्तिको कामना सहित मनाउने भएको छ । विश्वशान्तिका महानायक भगवान गौतम बुद्धको जन्म, ज्ञान प्राप्त र महापरिनिर्वाण (मृत्यु) भएको तीन वटा संयोग एकै दिन बैशाख पूर्णिमामा पर्ने भएकाले सो अवसरमा रुपन्देहीमा पनि अन्तराष्ट्रिय बुद्ध परियती उदय विहार तिलोत्तमा–४ डिङ्गरनगरको आयोजनामा दिवस मनाउन लागिएको हो । सो अवसरमा विहारले जेठ २ गते शान्ति ¥याली, जेठ ३ गते मंगलमैत्री कामना सहित पूण्यदान र जेठ ४ गते शान्तिदीप प्रज्वलन तथा दिवस मूल समारोह कार्यक्रम गरेर मनाउन लागिएको अन्तराष्ट्रिय बुद्ध परियती उदय विहारका महासचिव यम बहादुर थापाले जानकारी दिनुभयो । जन्म, मृत्यु र ज्ञान प्राप्त एकै दिन बैशाख शुक्ल पूर्णिमा भएकाले २६४३ औं बुद्ध जन्मउत्सव, २६०८ औं बोधी ज्ञान लाभ तथा २५६३ औं महापरिनिर्वाण दिवस एकै दिन मनाउने गरिएको विहारका भिक्षु आनन्दले जानकारी दिनुभयो । बैशाख पूर्णिमालाई मध्येनजर गर्दै सोमबार विहार परिसरमा सरसफाई गरिएको छ । हरिओम विकको संयोजकत्वमा स्थानियहरुको सहभागितामा सरसफाई गरिएको हो । दिवसकै अवसरमा विहारले लखनचोक चौराह देखि योगिकुटी चोकसम्म मूख्य सडकका दायाँवायाँ पञ्चशिल बुद्ध झण्डाहरु राख्ने कार्य सम्पन्न गरेको छ । दिवसलाई सफल पार्न बुद्ध परियती युवा संघ, नेपाल मगर बुद्ध सेवा समाज तिलोत्तमा, रुपन्देही, कपिलबस्तु, र नेपाल मगर संघ तिलोत्तमा रुपन्देहीले सघाइरहेको विहारका धनीराम थापाले जानकारी दिनुभयो ।
    तिलोत्तमा–४ डिङ्गरनगरमा रहेको विहार यस क्षेत्रमा रहेका थेरवादी बुद्धधर्म सम्पदा मान्नेहरुको आस्थाको केन्द्र हो । उक्त विहार वि.स. २०५९ सालमा स्थापना गरिएको हो । विहारमा ध्यान कुटी, सिमा गृह, धम्म हल, विपश्यना शिविर हल, आवाश गृह, पार्क लगायत संरचनाहरु निर्माण गरिएका छन् । उदय विहारले कक्षा १ देखि १० सम्म परियती शिक्षा समेत सञ्चालन गर्दै आइरहेको छ भने दर्जनौ बालबालिकाहरुलाई निशुल्क आवासको व्यवस्था सहित शिक्षा दिदै आइरहेको छ ।
    बुद्ध धर्मको तीन वटा सम्पदा थेरवाद, महायान र बज्रयान मध्ये मगर, गुरुङ सहित जापान, श्रिलंका, वर्मा र म्यान्मार लगायतका देशहरुमा थेरवादी सम्पदाका बुद्ध धर्म अनुयायीहरु रहेका छन् । जसमा बुद्धले दिनुभएको शिल, शिक्षा र उपदेशलाई जस्ताकोतस्तै पालना गर्ने गरिन्छ । शेर्पा, लामा र तिब्बतका बुद्ध धर्म अनुयायीहरु महायान सम्पदा अन्तर्गत पर्दछन् । महायानका अनुयायीहरु यसभित्र तन्त्रमन्त्रका कुराहरुलाई पनि विश्वास र पालना गरेका हुन्छन् ।

    Advertisement

    सोमबार, बैशाख ३०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ४.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ५.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...