प्रिया स्मृती गजमेर,दाङ।
दाङमा सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर उपमहानगर पालिका वडा नम्बर १४ निवासी लक्ष्मण शर्मा,वडा नं. १५ का मनोहर बुढाथोकी र शिब कुमार आचार्य रहेको प्रहरीले बताएको छ । घाइते दुवै जना नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता हुन् । दाङबाट वुटवल जादै गरेको बा १९ च १३३ नम्बरको जीप र बुटवलबाट दाङ आउँदै गरेको ना ६ ख ४३४९ नम्बरको ट्रक अर्घाखाँचीको सितगंगा नगरपालिका ८ देउराली मन्दिर नजिक भएको दुर्घटनामा परिउनीहरु घाईते भएको सातमारा प्रहरी चौकी प्रमुख नरबहादुर बिकले जानकारी दिए । घाईते दुबैजनाको स्थानीय मेडिकलमा उपचार पछि थप उपचारका लागि कोहलपुर लगिएको प्रहरीले जनाएको छ ।
Advertisement