सागर थापा/महेन्द्र सिंह,बांके। जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले पैदल यात्रीहरुको सहजताका लागि कोहलपुर चोकमा रहेको प्रयोग बिहिन जेब्रा क्रसिङ्ग पुन पेन्टिङ्ग गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुख हिरेन्द्र रोकायाले यात्रु र सवारी आवागमनका लागि सहज होस भन्ने हेतुले प्रहरी आफैले जेब्रा क्रसिङ्ग पुनह पेन्टिङ्ग गरेको बताए । सडक निर्माण गर्दा सो स्थानमा जेब्रा क्रसिङ्ग रहेता पनि प्रयोग बिहिन रहेकोले अहिले केही नदेखिने अबस्था रहेको थियो जेब्रा क्रसिङ्ग अस्तब्यसत भएका कारण सवारी साधन र पैदल यात्रुहरु जथाभाबि बाटो पार गर्ने र सडक दुर्घटना हुने भएको कारण पुर्न निर्माण गरिएको हो । पैदल यात्रुहरुलाई जेब्रा क्रसिङ्ग बाटो भन्दा अरु बाटो बाट नहिन्न र सवारी साधनले पैदल यात्रुहरु जेब्रा क्रासिङ्ग बाट बाटो कात्ने क्रममा सवारी साधन रोक्न सबैलाई अनुरोध एवं ट्राफिक नियमको पालन गर्न बाँके ट्राफिक प्रमुख रोकायले बताए ।
प्रयोग बिहिन जेब्रा क्रसिङ्ग सुचारु गर्दै ट्राफीक प्रहरी
प्रयोग बिहिन जेब्रा क्रसिङ्ग सुचारु गर्दै ट्राफीक प्रहरी
Advertisement
तपाईको प्रतिक्रिया