टेक बहादुर पुन,लमही। अाठाैं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत दाङकाे लमहीमा सम्पन्न महिला क्रिकेटकाे उपाधी एपीएफले उचालेको छ । महिला क्रिकेटकाे उपाधिको लागि अाज भएको फाईनल खेलमा प्रदेश नम्बर १ र एपीएफका बिचमा प्रतिस्पर्धा भएको थियाे । एपिएफ ८७ रनको मतान्तरले विजयी भएको छ । टि-२० महिला क्रिकेटमा प्रदेश नम्बर १ दोस्रो र र सुदुरपश्चिम प्रदेशले तेस्रो स्थान हाँसिल गरेकाे छ ।
टस जितेर प्रदेश नम्बर १ ले फिल्डिङ्ग गर्दै गर्दा एपीएफले २० अाेभरमा पुरै विकेट गुमाएर १२८ रन वनायाे । जसमा ज्याेति पाण्डे ४५, सिताराना मगरले ४२ रन जाेडिन् । फिल्डिङ्ग तर्फ प्रदेश १ कि रुविना क्षेत्री, सवनम राई र संगिता राइले समान ३/३ विकेट लिए ।
प्रदेश नम्बर एक १९. ४ अाेभरमा अलअाउट भयो । जम्मा ४१ रन बनाउन सफल भएको प्रदेश १ को तर्फबाट रश्मि शर्मा चाैलागाइ अविजित हुदै २७ रन जाेडिन । वलिङ्ग तर्फ एपीएफकी रितु कनाेजिया, सरिता मगर र सीता राना मगरले समान २-२ विकेट लिइन । वेस्ट वलर प्रदेश १ कि संगिता राई, वेष्ट व्याट्सम्यान प्रदेश ७ कि कबिता जाेशी, प्लेयर अफ द टुनामेन्ट प्रदेश १ कि रुविना क्षेत्री भइन भने प्लेयर अफ द म्याच रिता राना मगर घाेषित भएकी हुन । पहिलो, दोस्रो र तेस्रो हुने टिमलाई मेडल, टफी र प्रमाण पत्र दिईएको थियो ।दाङ क्रिकेट संघका अध्यक्ष प्रदिप मजगैयाकाे अध्यक्षता तथा राष्ट्रिय खेलकुद परिषदका केन्द्रीय सदस्य विनाेद मैनालीकाे प्रमुख अातिथ्यतामा खेलको समापन गरिएको हो ।