अनिल खत्री, गुल्मी । गुल्मीमा जिप दुर्घटनमा पूर्व संसद सहित २ जनाको मुत्यु भएको छ । दुर्घटनमा परेर ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घाइते मध्ये ४ जनाको अबस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १ च्यानडाडा भन्ने स्थाानमा लु १ ज १९५७ जिप दुर्घटना भएको हो । दुर्घटनामा परेर मृत्यु हुनेमा जिपमा सवार धुर्कोट गाउँपालिका ५ बस्तु निवासी ७२ वर्षिय पूर्व संसद एवं नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधी रुद्रामणीशर्मा भण्डारी र मालिका गाउँपािलका वडा नम्बर १ निवासी ८ वर्षिय ओस्कर बिकको मृत्यु भएको जिल्ला ट्राफिक कार्यलय गुल्मीका प्रहरी सहायक निरिक्षक नारायण खनालले बताए । भण्डारी ०४७ सालको निर्वाचनमा तत्कालिन गुल्मी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसबाट संसद बनेका थिए ।
जिपमा १० जना सवार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको । जिप बिहिवार बिहान दर्लिङ्ग गुल्मीबाट बुटवलका लागि छुटेको थियो । दुर्घटनामा परि घाइते हुनेहरुमा मालिका गाउँपालिका वडा नम्बर २ बस्ने ३२ वर्षिय सुर्य थापा, सोहि वडाकै २६ वर्षिय कोशिला थापा, गाडी चालक ३६ वर्षिय कमल पुरी, ३ वषर््ािय कृतिमा थापा, ५ वर्षिय जेनिस थापा, १८ वर्षिय नरेन्द्र श्रीस, मुसिकोट नगरपालिका १ का ४० वर्षिय भोजबहादुर भट्टराई र ३८ वर्षिय रिमा भट्टराई रहेको जिल्ला ट्राफिक कार्यलय गुल्मीका प्रहरी सहायक निरिक्षक खनालले बताए ।
घाइते वामी टक्सार र गुल्मी अस्पताल तम्घासमा उपचारको लागि लगिएको छ । दुर्घटनामा परेको जिप सडकबाट करिव १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
गुल्मीमा जिप दुर्घटनमा पूर्व संसद सहि २ मुत्यु ८ घाइते ४ जन गम्भीर
गुल्मीमा जिप दुर्घटनमा पूर्व संसद सहि २ मुत्यु ८ घाइते ४ जन गम्भीर
Advertisement
तपाईको प्रतिक्रिया