सुनवल। पुरानो घरको पर्खाल भत्काउने क्रममा पर्खालले थिचेर नवलपरासीको सुनवल १०मा २ बालिकाको मृत्यु भएको छ भने अर्का २बालिका घाइते भएका छन् । मृत्यु हुनेमा सुनवल १० बस्ने अन्दाजि ४ बर्षकी नबिना अधिकारी र बर्ष ५की समिक्षा बस्नेत रहेका छन् । नबिनाको देवदह मेडिकल कलेज भलुहीमा र समिक्षाको आम्दा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । सुनवल नगरपालिका वडा नं १० गैडाखालमा कर्णबहादुर थापाको इटामाटोले बनेको पुरानो घरको पर्खाल भत्काउने क्रममा अकस्मात पर्खाल आफै भत्किएर नजिकै खेलिरहेका उनिहरु पुरिएका थिए । उनिहरुको शव अहिले पृथ्बिचन्द्र जिल्ला अस्पताल परासीमा राखिएको छ । यस्तै घाइते हुनेमा सोहि ठाउकी बर्ष ७ कि समिक्षा भुषाल र बर्ष ५की दिक्षा खत्रि रहेका छन्। घाइते मध्ये दिक्षाको अवस्था गम्भिर छ । उनिहरु दुवैको लुम्बिनि प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सुनवलले जनाएको छ ।
घरको पर्खाल भत्काउने क्रममा थिचेर २ जनाको मृत्यु।
घरको पर्खाल भत्काउने क्रममा थिचेर २ जनाको मृत्यु।
Advertisement
तपाईको प्रतिक्रिया