• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, फागुन १९, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्यूठानमा सूर्य थापालाई सहकारी विज्ञ टिकाराम पोख्रेलको साथ

प्युठानमा सडक नपुगेको एक मतदान केन्द्र, २ घण्टा हिँड्नु पर्ने

तीन दिन पैदल हिँडेर मतदान केन्द्रतर्फ प्रस्थान गर्दै साइपालका कर्मचारी

दार्चुलाकी ३१ वर्षीया महिलाले जन्माइन् तिम्ल्याहा बच्चा

सर्लाहीमा सब–इन्जिनियर हत्या प्रकरणको सफल अनुसन्धान गर्ने चार प्रहरी पुरस्कृत

इन्जिनियर–ठेकेदारलाई रुखमा बाँधेर देश बन्दैन : विश्वप्रकाश शर्मा

प्युठानमा ४४ औं राष्ट्रिय मगर एकता दिवस मनाईयो

उपाध्यक्ष पोख्रेलको पहलमा ३ लाख ८७ हजार सहयोग

दोस्रो जीतको लक्ष्यमा सूर्य थापा, रोक्ने रणनीतिमा प्रतिस्पर्धी सक्रिय

लोकप्रिय समाचार

  • १. प्युठानमा ४४ औं राष्ट्रिय मगर एकता दिवस मनाईयो

  • २. सर्लाहीमा सब–इन्जिनियर हत्या प्रकरणको सफल अनुसन्धान गर्ने चार प्रहरी पुरस्कृत

  • ३. दार्चुलाकी ३१ वर्षीया महिलाले जन्माइन् तिम्ल्याहा बच्चा

  • ४. प्युठानमा सडक नपुगेको एक मतदान केन्द्र, २ घण्टा हिँड्नु पर्ने

  • ५. तीन दिन पैदल हिँडेर मतदान केन्द्रतर्फ प्रस्थान गर्दै साइपालका कर्मचारी

  • ६. दोस्रो जीतको लक्ष्यमा सूर्य थापा, रोक्ने रणनीतिमा प्रतिस्पर्धी सक्रिय

  • ७. उपाध्यक्ष पोख्रेलको पहलमा ३ लाख ८७ हजार सहयोग

  • ८. इन्जिनियर–ठेकेदारलाई रुखमा बाँधेर देश बन्दैन : विश्वप्रकाश शर्मा

  • ९. प्यूठानमा सूर्य थापालाई सहकारी विज्ञ टिकाराम पोख्रेलको साथ

गुल्मी महोत्सवको तयारी पुरा, उद्घाटन नगर प्रमुखले गर्ने


  •   मङ्गलबार, चैत १९, २०७५ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मी महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । जिल्लामा रहेको गुल्मी चेम्बर अफ कर्मसले यहि चैत २० गते देखी ३० गते सम्म महोत्सव आयोजना गरेको हो । ११ दिन सम्म सदमुकाम तम्घासमा सञ्चालन हुने महोत्सवको सम्पूर्ण तयारी पुरा भएको मुल आयोजक समितिका संयोजक युबराज न्यौपानेले बताए । महोत्सवमा ‘गुल्मीको संमृद्धिका मुख्य आधार, संस्कृति, संरक्षण एवं पर्यटन विकासमा पुर्वाधार’ भन्ने नाराका साथ सञ्चालन हुदैछ । महोत्सव सम्पन्न बिभिन्न गठित १९ वटा उपसमितिहरु गठन गरिएको थियो । महोत्सवबाट बचत भएको रकम मध्ये ४० प्रतिशत सामाजिक कार्यमा र अरु ६० प्रतिशत संस्थागत बिकासमा खर्चिने संयोजक न्यौपानेले बताए । महोत्सवको बुधवार रेसुङ्गा नगरपालिका गुल्मीका नगरप्रमुख डिल्लीराज भुसालले गर्ने भएका छन् । उद्घाटनको दिन बिहान १० बजेदेखि तम्घास बजारमा बिभिन्न सँस्कृति झल्कीने पहिचाहन सहित ¥यालीको कार्यक्रम पछि मत्तको कार्यक्रम रहेको महोत्सव मुल आयोजक समितिका सह–संयोजक नवराज भुसालले बताए । उद्घाटनको दिन तम्घास बजार भित्रका बिभिन्न समुह र बिद्यालय अरु बिभिन्न संघ संस्थाले बिभिन्न खालका झाकीहरु सहित सहभागिता जनाउने भएका छन् । बजार भित्रका आमा समुह, सहकारी समुह, बिभिन्न बिद्यालय र अरु संघ संस्थाहरुले उद्घाटनको दिन निकाल्ने ¥यालीमा आफनो संस्थाको पहिचाहन सहित सहभागिता जनाउने भएको आयोजकले जनाएको छ । उद्घाटनको दिन बिभिन्न जाति बिशेष साँस्कृति झल्कीने नाचहरु बिभिन्न भेषभुसाहरु सहित बजार परिक्रमण गरिने भएको छ । उद्घाटन कार्यक्रममा बिबिध साँस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुति रहने आयोजकले जनाएको छ । महोत्सव उद्घाटनको दिन निशुल्क प्रबेश गर्न पाइने भएको छ ।
    ७० वर्ष माथिका बृद्धालाई निशुल्क प्रबेश
    महोत्सवमा ७० वर्ष भन्दा माथिका बृद्धहरुलाई महोत्सव स्थल भित्र प्रबेशमा निशुल्क दिने निर्णय भएको महोत्सव मुल आयोजक समितिका सह–संयोजक नवराज भुसालले बताए । बृद्धहरुलाई निशुल्क रुपमा प्रबेश दिएर महोत्सव अबलोकन गर्ने व्यवस्था मिलाइएको भुसालले बताए ।
    बिद्यार्थी, अपाङ्ग र एकल महिलाहरुलाई पनि प्रबेश टिकटमा ४० प्रतिशत छुट दिइने भएको छ ।
    महोत्सवमा प्रबेश गर्न प्रतिव्यक्ति ५० रुपैयाको टिकट तय गरिएको छ । छुट अनुसार बिद्यार्थी र, अपाङ्ग, एकल महिलालाई ३० रुपैयाँ लाग्नेछ ।
    २ सय ३० वटा स्टल रहने
    प्रथम सांस्कृतिक तथा पर्यटकीय महोत्सब एबम ब्यापार मेलामा २ सय ३० वटा स्टल रहने भएका छन् । तम्घासको चिदिचौर खेल मैदानमा चल्ने महोसत्वमा कुल स्टल २ सय ३० मध्ये कृषिलाई उच्च प्रथामिकता दिएर राख्ने काम भइरहेको स्टल संयोजक प्रकाश बुढाथोकीले बताए । यसपटकको महोत्सवमा राखिएका स्टलहरुमा स्थानिय तम्घासका व्यवसायीको उत्साहपूर्ण सहभागिता रहेको छ । महोत्सवमा जिल्लामा उत्पादन हुने कफी, सुन्तला, तरकारी, माहुरी, च्याउ लगायतका अरू कृषिजन्य सामग्री तथा सेरामीक्स, बाँस तथा निगालोबाट बन्ने सामग्रीहरू महोत्वमा बिशेष प्रथामिकता दिइएको बुढाथोकीले बताए । क्षेत्रबाट उत्पादित सामाग्रीहरुसँगै गुल्मी जिल्लामा बिभिन्न जाती बिशेष रहेका खाना परिकारहरु,बिभिन्न सँस्कृति झल्कीने झाँकीहरु पनि प्रर्दशन गरिने भएको छ ।
    नृत्य प्रतियोगित हुने
    मेलामा खुल्ला समुहगत नृत्य प्रतियोगिता हुने भएको महोत्सव मुल आयोजक साँस्कृतिक कार्यक्रम संयोजक सन्तु थापाले बताए । महोत्सवलाई थप आर्कषक र स्थानिय कलालाई उजागर गर्ने उदेश्यले विद्यालयस्तरिय खुल्ला समुहगत नृत्य प्रतियोगिता राखिएको संयोजक थापाले बताए ।
    प्रतियोगितामा प्रथम हुनेलाई ४१ हजार १ सय ११, द्धितिय हुनेलाई ३१ हजार १ सय ११, तृतिय हुनेलाई २१ हजार १ सय ११ रुपौयाँ पुरस्कार राखिएको आयोजकले जनाएको छ । प्रतियोगितामा सान्तवना हुनेलाई ११ हजार एक सय ११ र सहभागितलाई पनि प्रमाण पत्रको व्यवस्था गरिएको संयोजक थापाले बताए ।
    खादा र ब्याच प्रयोगमा निषेध गरिने
    गुल्मीमा हुन लागेको महोत्सवमा कृतिम माला, खादा र अतिथिलाई प्रयोग गरिने ब्याच निषेध गरिने भएको छ । जिल्लामा उत्पादन भएका फूलका मालाहरुलाई मात्रै प्रयोग ल्याइने भएको महोत्सव मुल आयोजक समितिका सह–संयोजक नवराज भुसालले बताए ।
    महोत्सवमा अतिथिलाई प्रयोग गरिने ब्याच को सट्टामा पिपलको पात प्रयोग गरिने खादाको सट्टामा स्थानिय फूलका मालाहरु मात्रै प्रयोग गरिने भएको भुसालले बताए । महोत्सवमा जिल्लामा उत्पादन भएका धेरैजसो बस्तुहरु र यहाँको बिशेष मौलितालाई देखाउने उदेश्यले कृतिम माला, खादा र अतिथिलाई प्रयोग गरिने ब्याच निषेध गरिने भएको आयोजकले जनाएको छ ।
    अतिथिलाई सत्कार गर्ने बाहनामा जिल्लामा रहेका फूलहरु पनि प्रयोग नगरिने र जिल्ला बाहिरबाट ल्याएर कृतिम मालाहरु र अन्य प्रयोग नगर्ने निर्णय गरिएको सह–संयोजक भुसालले बताए ।
    महोत्सव सम्पन्न १२ वटा संस्था एकजुट
    मुल आयोजक गुल्मी चेम्बर अफ कर्मश भएपनि सह– आयोजकमा होटल व्यवसायी मञ्च, लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मी, गुल्मी रेसुङ्गा म्युजिक प्रलि रहेका छन् । सहयोगी संस्थाहरुमा रेसुङ्गा युवा क्लव, फोटिन स्टार युवा क्लव, रुरु फ्रेण्ड क्लव, अनटेस्ट युवा क्वल, गुल्मी यूनाइटेड युवा क्लव, पुल्चोक स्र्पोट क्लव, अर्जुन युवा क्लव, महेन्द्र माबि पूर्व बिद्यार्थी मञ्च गरि जिल्लाका १ दर्जनसहयोगी संस्थाहरु रहेका छन् ।
    जिल्लामा रहेका धार्मिक एबम पर्यटकीय स्थलहरुको अबलोकन, गुल्मी जिल्लामा उत्पादित कृषि, पशुपालनहरुको प्रर्दशन बजारीकरण र सांस्कृतिक धरोहरुको प्रवद्धनमा टेवा पुर्याउने उधेश्यले महोत्सव आयोजना गरिएको गुल्मी चेम्बर अफ कर्मशका अध्यक्ष युवराज न्यौपाने बताए । महोत्सवबाट आम्दानी भएको रकम मध्ये सामाजिक क्षेत्रमा खर्चिने भएको छ ।
    जिल्लाको सदरमुकाम तम्घासमा चल्ने महोत्सवबाट गुल्मी जिल्लाको कृषि,घरेलु औधोगिक प्रर्बद्धन सगै रेसुंगा, रुरु,अर्जुन,बिचित्र गुफा, कंकेदेउराली, मालिका र कुर्घाको स्वा“रा, शान्तिपुरको टिमुरे ताल सहितका पर्यटकीय क्षेत्रहरुको प्रर्बद्धन र प्रचार प्रसार महत्वपुर्ण उदेश्य रहेको महासचिव कृष्ण भण्डारीले बताए । मेलामा झण्डै ६ दर्जन वढि नेपालका ख्याति प्राप्त हास्यव्यग्य सहित बिभिन्न बिधाका कलाकारहरुको प्रस्तुति रहने भएको छ ।
    महोत्सवमा १२ वटै स्थानिय तहको स्टल राखिने
    गुल्मी महोत्सवमा सबै स्थानिय तहले स्टल राख्ने भएका छन् । जिल्लामा रहेका २ नगरपालिका र १० गाउँपालिका गरि १२ वटै स्थानिय तहको स्टल राखिने भएको स्टल संयोजक प्रकाश बुढाथोकीले बताए । स्थानिय तहको स्टलहरुमा आफनो स्थानिय तहमा भएका कुनै पनि बस्तु तथा उत्पादन प्रर्दशन गरिने बुढाथोली बताए ।
    गुल्मी महोत्सवमा मायाको चिनो गुल्मीको कफी र गुड
    महोत्सवमा अतिथीलाई प्रदान गरिने मायाको चिनोमा गुल्मीको कफी र गुल्मीकै प्रसिद गुड दिइने भएको छ । नेपाल र नेपाल बाहिर परिचित मानिने गुल्मीको अर्गानिक कफी र गुड अतिथिलाई प्रदान गरिने मायाको चिनो स्वरुप प्रदान गरिने भएको महोत्सव मुल आयोजक समितिका सह–संयोजक नवराज भुसालले बताए । गुल्मी जिल्लामा उत्पादन भएका बस्तुलाई अन्य जिल्लाहरुमा प्रचार–प्रसार गर्ने उदेश्य स्वरुप मायाको चिनो स्वरुप प्रदान गरिने भुसालले बताए ।
    महोत्सवबाट गुल्मीमा उत्पादन हुने कफी र गुडलाई बजारी करणमा पनि सहयोग गर्ने उदेश्यले मायाको चिनोमा प्रदान गरिने अन्य बस्तु भन्दा गुल्मीकै उत्पादन दिने निर्णय गरिएको सह–संयोजक भुसालले बताए ।
    गुल्मी महोत्सवमा ६ दर्जन कलाकारहरुको प्रस्तुति रहने गुल्मी महोत्सवमा ६ दर्जन कलाकारहरुको प्रस्तुति रहने
    मेलामा झण्डै ६ दर्जन वढि नेपालका ख्याति प्राप्त हास्यव्यग्य सहित बिभिन्न बिधाका कलाकारहरुको प्रस्तुति रहने भएको छ । मेलामा राष्ट्रिय स्तरमा चर्चामा रहेका कलाकारहरुसुगम पोखरेल, मेलिना राई, बद्रि पंगेनी, पशुपति शर्मा, कुलेन्द्र बिश्वकर्मा, ज्योति मगर, चन्द्र शर्मा, खुमन अधिकारी, निशान भट्टराई रहेका छन् ।
    त्यस्तै श्रीप्रसाद थापा, मञ्जु पौडेल,कमल खत्री, पुश्कल शर्मा, प्रिति आले, प्रकाश सपुत, दुर्गोश थापा, शान्तीश्री परियार, बैकुण्ठ महत, सन्तोष केसी, वादल थापा, हास्य कलाकार काउली बुढि, सुरज थापा, शोभा त्रिपाठी, लक्ष्मण खड्का, मदन खनाल, रामचन्द्र चन्द, प्रचण्ड जिसी लगायतका कालाकारहरु रहेको साँस्कृतिक कार्यक्रम संयोजक सन्तु थापाले बताए । मेलामा गुल्मी जिल्लाबाट राष्ट्रिय स्तरमा चर्चामा रहन सफल उद्मान गायकहरु पनि समाबेश हुनेछन् ।

    Advertisement

    मङ्गलबार, चैत १९, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठानमा सूर्य थापालाई सहकारी विज्ञ टिकाराम पोख्रेलको साथ
    तीन दिन पैदल हिँडेर मतदान केन्द्रतर्फ प्रस्थान गर्दै साइपालका कर्मचारी
    सर्लाहीमा सब–इन्जिनियर हत्या प्रकरणको सफल अनुसन्धान गर्ने चार प्रहरी पुरस्कृत
    प्युठानमा ४४ औं राष्ट्रिय मगर एकता दिवस मनाईयो
    निर्वाचन र पत्रकार आचारसंहितामा ध्यान दिनुस् : महासंघका उपाध्यक्ष बागचन्द
    बालेनको नागरिकता रद्द गर्न माग गर्दै गृह मन्त्रालयमा उजुरी

    लोकप्रिय

    • १.
      प्युठानमा ४४ औं राष्ट्रिय मगर एकता दिवस

    • २.
      सर्लाहीमा सब–इन्जिनियर हत्या प्रकरणको सफल अनुसन्धान गर्ने

    • ३.
      दार्चुलाकी ३१ वर्षीया महिलाले जन्माइन् तिम्ल्याहा बच्चा

    • ४.
      प्युठानमा सडक नपुगेको एक मतदान केन्द्र, २

    • ५.
      तीन दिन पैदल हिँडेर मतदान केन्द्रतर्फ प्रस्थान

    • ६.
      दोस्रो जीतको लक्ष्यमा सूर्य थापा, रोक्ने रणनीतिमा

    भर्खरै

    • १.
      प्यूठानमा सूर्य थापालाई सहकारी विज्ञ टिकाराम पोख्रेलको साथ

    • २.
      प्युठानमा सडक नपुगेको एक मतदान केन्द्र, २ घण्टा हिँड्नु पर्ने

    • ३.
      तीन दिन पैदल हिँडेर मतदान केन्द्रतर्फ प्रस्थान गर्दै साइपालका कर्मचारी

    • ४.
      दार्चुलाकी ३१ वर्षीया महिलाले जन्माइन् तिम्ल्याहा बच्चा

    • ५.
      सर्लाहीमा सब–इन्जिनियर हत्या प्रकरणको सफल अनुसन्धान गर्ने चार प्रहरी पुरस्कृत

    • ६.
      इन्जिनियर–ठेकेदारलाई रुखमा बाँधेर देश बन्दैन : विश्वप्रकाश शर्मा

    • ७.
      प्युठानमा ४४ औं राष्ट्रिय मगर एकता दिवस मनाईयो

    • ८.
      उपाध्यक्ष पोख्रेलको पहलमा ३ लाख ८७ हजार सहयोग

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...